ताजा अपडेट »

बुटवलको ढबाहमा भएको धनुषबाण प्रतियोगिताको उपाधी देवदहले जित्यो

शनिबार, २८ पुस २०८०, १९ : ००
272 Shares
शनिबार, २८ पुस २०८०
272 Shares


बुटवल । बुटवलको ढबाहमा भएको आर्चरी प्रतियोगिता (धनुषबाण)को उपाधी देवदह आर्चरी क्लब खैरेनी 'ए'ले जितेको छ  । छन्त्याल समुदायको महान पर्व म्हिेलाङे सोङती माघे संक्रान्तिको अवसरमा नेपाल छन्त्याल संघ जिल्ला समिति, रुपन्देहीको  आयोजनामा ढबाहमा भएको प्रतियोगिताको उपाधी देवदह आर्चरी क्लब खैरेनी 'ए' ले जितेको हो ।

 जीतसँगै देवदहले नगद २५ हजार, कप, मेडल र प्रमाणपत्र हात पारेको छ । पुस २४ गतेदेखि सुरु भएको खेलमा ७ टिम प्रतियोगितामा सहभागी भएका थिए ।यस्तै प्रतियोगितामा छन्त्याल आर्चरी क्लब रुपन्देही ढबाह द्वितीय, सैनामैना आर्चरी क्लब मुर्गिया तृतीय भएको नेपाल छन्त्याल सँघका रुपन्देही अध्यक्ष भरतबहादुर छन्त्यालले जानकारी दिए । उनीहरुले क्रमश १५ हजार, १० हजार कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष छन्त्यालले बताए । यस्तै प्रतियोगितामा उत्त्कृष्ट खेलाडी  देवदहका झापन कमल पुर्जा र उत्कृष्ट खोले छन्त्याल आर्चरीका जीवन गुरुङ भएको उनले बताए ।

विजयी खेलाडीलाई बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष डिल्लीप्रसाद आचार्य, वडा सदस्य तथा बुटवल उपमहानगरपालिका वातावरण सुशासन समिती संयोजक गंगादत्त पौडेल,  नेपाल छन्त्याल संघका केन्द्रिय सदस्य योगेन्द्र छन्त्याल, रुपन्देही अध्यक्ष भरतबहादुर छन्त्याल लगाएतले पुरस्कार प्रदान गरेका थिए । साथै सोही अवसर घोइटो फोर, म्युजिकल चेयर, लुडो तान्ने प्रतियोगिता, बेलुन फोर( बच्चा), मिठाई दौड, सियो धागो, महिला छेलो र बोरा दौड प्रतियोगिता समेत भएको तारा खेल संयोजकसु बेदार गगां छन्त्याल बताए।

पुरस्कार वितरण  कार्यक्रममा वडा सदस्य गंगाकुमारी विक, वडा नम्बर १२ का पुर्व वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदी, नगर खेलकुद विकास समिती अध्यक्ष विनिन पियाँ,  तारा खेल सयोजक सुबेदार गगां छन्त्याल , तारा खेल अध्यक्ष जीतबहादुर छन्त्याल ,थकाली सेवा समितीका अध्यक्ष लाल बहादुर गौचन , केन्द्रिय सदस्य शिवप्रसाद शेरचन, नयाँ गाउँ खानेपानी संस्थाका अध्यक्ष रमा केसी, चारपाला सामुदायिक वनका अध्यक्ष जगतबहादुर पौडेल, नेपाल छन्त्याल संघ रुपन्देही अध्यक्ष  सुबित्रा छन्त्याल, बुटवल अध्यक्ष रामबहादुर छन्त्याल, तिलोत्तमा अध्यक्ष तारा छन्त्याल, सतगढी टोलविकास  संस्थाका सल्लाहकार किरन खनाल लगाएतको सहभागीता रहेको थियो । 

 कार्यक्रम संघका जिल्ला अध्यक्ष भरतबहादुर छन्त्यालको सभापतित्व, सचिव नन् छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।