ताजा अपडेट »

स्वाभिमान सहितको समृद्ध मुलुक निर्माणमा सभ्यताको महत्व

शुक्रबार, २७ पुस २०८०, १० : ५६
294 Shares
शुक्रबार, २७ पुस २०८०
294 Shares

भुमिका 
आज दुनियाँमा जे जति देश स्वाभिमान सहित समृद्धिको बैभव खडा गर्न सफल भएका छन,के ती साराका सारा मुलुकहरुको बिकाशको पछाडि सभ्यताको पनि महत्वको कुनै महत्व हुन्छ वा निर्णायक महत्व हुन्छ ? आज हामी प्रस्तुत लेखमा स्वाभिमान र समृद्धीको प्रश्नमा सभ्यताको महत्व विषयमा  केही अन्तराष्ट्रिय  तथा केही हाम्रै अनुभवका आधारमा संक्षिप्त छलफल गर्ने पर्यत्न गरिने छ । 

आज दुनियाँमा जे जति मानिस, समाज वा देशहरुले स्बभिमान सहितको समृद्धि को बैभब खडा गर्न सफल भएका छन, त्यसका पछाडि एउटा साधारण कारण छ र त्यो हो, सकारात्मक सोच सहितको  बौद्धिक, भिजनरी, दुरदर्शि , नैतिकवान , त्यागी नेतृत्व ,बिचार निर्माणमा  योगदान दिने  नेतृत्वको वरिपरि रहेको एउटा गढिलो , सन्तुलित, परिपक्व, जिम्मेवार, कम जिद्दी बाला  लिडर सिपले  बनेको संङ्गठात्मक संरचना र त्यसको मातहतमा अल्पकालिन, मध्यकालिन र दिर्घकालिन राष्ट्र निर्माणको राष्ट्रिय क्षमतामा आधारित योजना तर्जुमा, पुर्बजहरुबाट प्राप्त गरेको सभ्यताको बलियो जग  जस्ता कुराहरु यसका आधारभुत अङ्ग र तत्वहरु हुन । यसको  अभावमा स्वाभिमान र समृद्धीको  नेशन   विल्डिङ खडा हुनै सक्दैन । यहाँ एउटा कुरा सुरुमै स्पष्ट गरि हालौ – सभ्यताको अर्थ हो   हाम्रो पुर्बजहरुले जिबाणु देखि मानव  बिकास सम्मको  अबधिमा  उत्पादनको निम्ति संघर्ष, आत्म संघर्ष , बर्ग संघर्ष र अन्तरसंघर्षका अलावा अत्यन्तै कडा साधनाको माध्यमबाट आफू र आफ्नो सन्तानको सार्थक जीवनका लागि छनौट गरेको भुगोल , राजनीति , समाज , अर्थतन्त्र ,  सांस्कृति, भाषा , साहित्य ,संस्कार , मूल्य र मान्यता जस्ता कुरा हरु पर्दछन ।

इतिहासमा, इतिहास र सभ्यताहरुको ज्ञानको अभावले कैयौंपटक  आम नागरिक मात्रै होइन त्यो देशको  प्रभुत्व शासक बर्ग समेत सामन्य संकटको बेलामा  हडबडाउने ,  जोश जागँर र उत्शाह मर्दै जाने संकट समाधानका  लागि नयाँ नयाँ  कुरा सोच्ने क्षमतामा समेत ह्रास आउने  र आन्तरिक बा बाह्र्य समस्याहरु समाधान  गर्न नसकेर निस्सासिने  र गंभिर दुःख को अनिबार्यता लाई रोक्न हाम्रा यी माथि उल्लेखित तिनै सभ्यताहरुले महत्त्वपूर्ण  भुमिका खेल्दै आएका छन । एउटा  कुनै पनि  देशको समग्र चरित्र निर्माणमा त्यसको  आफ्नै मौलिक चरित्र , बिशेषता र गुर्ण हरु हुन्छन् ।त्यो  देशको आफ्नै धर्म, सांस्कृति र परम्पराका अलावा सभ्यताहरु हुन्छन् । आफ्नै मौलिक विधि ,पद्धति र प्रणालीहरु हुन्छन्  । त्यस प्रकारको  आफ्नै  मूल्य प्रणालीको  अभावमा  कुनै पनि  देश स्बभिमानी र समृद्ध  हुनै सक्दैन  र कथमकदाचित भइ हाले पनि  त्यस  प्रकारको  बिकाश मौलिक र दिगो  हुनै सक्दैन ।

मिश्रको सभ्यता
मिश्रको सभ्यतालाई विश्वको सबभन्दा पुरानो सभ्यता मानिन्छ । यो सभ्यता मध्य अफ्रिकाबाट निस्केर उत्तरतर्फ बगेको नाइल नदीको किनारमा फस्टाएको थियो । 
३४०० ई. पू. मा मेनिज नाम गरेका राजाले मिश्रको एकीकरण गरेर मेम्फिस नामको राजधानी बनाएका थिए । मिश्रको इतिहासमा ३००० देखि २५०० ई. पू. को समयलाई पिरामिड युग भनिन्छ । मिश्रमा राज्य गर्ने राजालाई फराह भनिन्थ्यो । फराहको अर्थ ठूलो घर वा दरवार हुन्थ्यो । ठूलो घरमा बस्ने भएकाले राजालाई फराह भनिन्थ्यो । राजा वा प्रसिद्ध वा ठूला मानिसको मृत्यु भएमा ढुंगाको चौकोस परेको ठूलो पिरामिडभित्र राखिन्थ्यो । मिश्रमा यस्ता कैयौं पिरामिड बनेका छन्, तिनीहरुमध्ये फराह चेओप्स वा खुफुका निम्ति बनेको गिजाको पिरामिड सबभन्दा ठूलो थियो । यो पिरामिड १ लाख मानिसले २० वर्ष लगाएर बनाएका थिए । यसमा २ टन (५८ मन) देखि १५ टनसम्मका २३ लाख ढुंगाका टुक्रा लगाइएको थियो । मिश्रको वास्तुकलाको अर्को उत्कृष्ट नमूना कारनाक, आबू सिम्बेल, थेब्स र लक्सारको मन्दिर थियो । मिश्रको स्फिनिक्सको मूर्ति विश्वको उत्कृष्ट मूर्तिकला मानिन्छ । यस मूर्तिको टाउको मानिसको र जिउ सिंहको छ । र, यस मूर्तिको लम्बाई १६० फिट र उचाई ७० फिट रहेको छ । 
प्राचीन मिश्रको समाजलाई पाँच वर्गमा विभाजित गरिएको थियो । पहिलो वर्गमा राजपरिवार, दोस्रोमा सामन्त, तेस्रोमा पुजारी, चौथोमा मध्यमवर्ग र पाँचौंमा दास पर्दथे । दासहरुको जीवन अत्यन्त दयनीय थियो । प्राचीन मिश्रमा साहित्यको पनि विकास भइसकेको थियो । बोल्न सक्ने किसानको अपिल, ढोकाको पुस्तक, मृतकको पुस्तक, कफन ग्रन्थ, आदि प्राचीन मिश्रका उत्कृष्ट ग्रन्थ हुन् । मिश्रको अभिलेखबाट इतिहास र भूगोलको तथ्यांक फेला पर्दछन् । प्राचीन मिश्रले संसारलाई पेपिरस कागज, नरकटको कलम, मसी र मसीको भाँडो, अक्षर, गणित, पात्रोको ज्ञान गराएको थियो । 

मेसोपोटामियाको सम्यता 
मेसोपोटामियाको सभ्यताको विकास दुई नदीहरुको बीचमा भएको थियो । मेसोपोटामियाको सभ्यता पूर्वी सिरियाको केही भाग र इराकको ठूलो क्षेत्रमा फैलिएको थियो । उब्जाउशील भूमि भएको हुनाले यसलाई फर्टाइल क्रेसेन्ट अर्थात् अर्धचन्द्राकार उर्बर भूमि भनियो ।  मेसोपोटामियाको सभ्यतालाई कृषिकाल, पूर्वसुमेरियनकाल, सुमेरियनकाल, बेबिलोनियन काल र असिरियन काल गरेर पाँच भागमा बाँडिएको छ । सभ्यताको शुरुको अवस्थालाई कृषिकाल भनिन्छ । पूर्वसुमेरियन कालमा नै श्रमको विभाजन गर्ने प्रचलन चल्यो । 

सुमेरियनहरु इन्डोयूरोपियन जातिका मानिस थिए । यिनीहरुले युफ्रेटस नदीको किनारामा जंगल झाडी सफा गरेर जौ र गहुँको खेती शुरु गरेका थिए । यिनीहरु गाई, गोरु र गधाजस्ता जनावर पाल्ने गर्दथे । यिनीहरु कुशल शिल्पकार र चित्रकार थिए । यिनले नै क्युनिफर्म नामको लिपि विकास गरेका थिए । हाम्रो घडीमा प्रयोग गरिने समयको विभाजन यिनैले गरेका थिए । जिगुरात पनि यिनैले बनाएका थिए ।  सुमेरियन, अक्काडियन र गुटिएन साम्राज्यको पतन भएपछि सिरियाको मरुभूमिबाट आएका एमोराइटहरुले सुमरमाथि अधिकार गरे र त्यसही सुमर बेबिलोनियाको नामबाट प्रसिद्ध भयो । त्यसै वंशका छैटौं राजा हम्मुराबीले देशको एकीकरण गरेर बेबिलोनियालाई आफ्नो राजधानी बनाए । यिनले बनाएको कानून संहिता विश्वप्रसिद्ध भयो । हम्मुराबीको मृत्यु भएको चार सय वर्षपछि यिनको वंशको शासनको अन्त भयो ।

त्यसपछि कसाइट, हिटी र असिरियनहरुले राज्य गर्न थाले । यिनीहरु लडाकु जाति थिए । टिगलेथ पिलेसर तृतीय, सारगन द्वितीय र सेन्नाचेरिव नामका प्रसिद्ध राजाले बेबिलोनियामा राज्य संचालन गरेका थिए । 
चाल्डियन र मेडेर जातिको आक्रमण पछि असिरियन साम्राज्य विभाजित भयो । चाल्डियनहरुले बेबिलोनियाबाट शासन गर्न थाले । चाल्डियन सम्राट नाबोपोलाजरका छोरा नेबुजाडनेजरले बेबिलोनिया शहरलाई सिँगारे र आप्mनो रानीका निम्ति झुल्ने बगैंचा बनाए । युनानीहरुले यसलाई संसारका सात आश्चर्यमध्ये एक भन्ने नाम दिए । ज्ञानविज्ञान, साहित्य, धर्म, भूगोल र व्यापारका क्षेत्रमा यस सभ्यताले ठूलो गुन लगाएको थियो । 

सिन्धघाटीको सभ्यता 
सिन्धघाटी सभ्यताको प्रारम्भ ३००० ई. पू. मा भएको थियो । यस सभ्यताको मुख्य केन्द्र हालको पाकिस्तानको हडप्पा र मोहोनजोदडोमा पर्दछ । यी दुवै ठाउँ एकअर्कोबाट ४०० माइल टाढा रहेका छन् ।  सिन्धघाटी सभ्यताको मुख्य विशेषता भवन निर्माण तथा नहर योजना थियो । यहाँ बनेका घर प्रायः पाकेका इँटाले बनेका हुन्थे । घर बनाउँदा ढुंगाको प्रयोग गरेको पाइँदैन । प्रत्येक घरमा सुत्ने कोठा, बैठक कोठा, भान्सा र स्नानगृह छुट्टाछुट्टै बनेका हुन्थे । नगरका सडकहरु फराकिला थिए । सिन्धघाटीको एउटा स्नानगृह १८०×१०८ फिट चौडा थियो । यसैसँग जोडिएको पौडी खेल्ने पोखरी पनि थियो । मोहन्जोदडोमा खाद्य भण्डार र सभागृह पनि बनेको थियो । 

सिन्धघाटीका मानिसहरु फलफूल, माछामासु, तरकारी र दूध खाने गर्दथे । यिनीहरु नाइटोदेखि मुनि मात्र लुगा लगाउँथे । पुरुषहरु कुममा च्यादर राख्थे । महिलाहरु विभिन्न किसिमका श्रृंगारका साधनहरु प्रयोग गर्दथे । धनीहरु आप्mनो सुख सुविधाका निम्ति दासदासी राख्ने गर्दथे ।  सिन्धवासीहरुको व्यवसाय कृषि, व्यापार र उद्योग थियो । यिनीहरु खेतीपातीका साथै पशुपालन पनि गर्दथे । यिनीहरुलाई घोडाको ज्ञान थिएन । सामानहरु वैलगाडामा ढुवानी गर्दथे । यिनीहरुलाई तामा, काँच, टिन र चाँदीको प्रयोग गर्ने तरीका राम्ररी थाहा थियो । यिनीहरु नापतौल गर्न पनि जान्दथे । यिनीहरु निर्यात गरिने वस्तुमा छाप लगाउँथे ।  सिन्धवासीहरु मातृका र शिवको पूजा गर्दथे । यसबाहेक यिनीहरु सर्प, परेवा, बाख्रा, गोरु, गैडा र गोहीको पूजा गर्दथे । 

यूनानी सभ्यता
युनानी सभ्यताको मुख्य विशेषता नै नगरराज्य थियो । प्राचीन युनानमा सयौं नगरराज्यहरु थिए । तीमध्ये सबभन्दा ठूला स्पार्टा र एथेन्स थिए । स्पार्टा ३,००० वर्गमाइल र एथेन्स १,०६० वर्गमाइल क्षेत्रफलमा फैलिएका थिए । अन्य राज्यहरु १०० वर्गमाइलभन्दा कम भूभागमा फैलिएका थिए । यी नगरराज्यका मानिसहरु प्रत्येक वर्ष एक ठाउँमा भेला भएर राज्यको दैनिक कार्यसंचालन गर्न काउन्सिलको गठन गर्दथे । प्रत्येक नगरराज्यका छुट्टा छुट्टै काउन्सि हुन्थे । यी नगरराज्यहरुका बीचमा बराबर संघर्ष हुने गर्दथ्यो । तैपनि भाषा, धर्म र साहित्यले यिनीहरुलाई एकताबद्ध बनाएको थियो । युनानले पर्सियाको युद्ध, पेलोपोनेसियनको युद्ध र अलेक्जेण्डरको विश्व विजय अभियानमा भाग लिनु परेको थियो । 

युनानमा कुलीनतन्त्र र प्रजातन्त्र दुवै किसिमको शासनव्यवस्था थियो । स्पार्टामा कुलीनतन्त्र र एथेन्समा प्रजातन्त्र थियो । त्यसै हुनाले स्पार्टाभन्दा एथेन्समा बौद्धिक विकास बढी भएको थियो । प्राचीन युनानमा मन्दिर, मूर्ति र चित्रकलाको राम्रो विकास भएको थियो । ओलम्पियामा बनाइएको देउताका राजा जेउसको मूर्ति विश्वका सात आश्चर्यमध्ये एक मानिन्छ । साहित्यका क्षेत्रमा महाकवि होमरले दिएको योगदान महत्वपूर्ण छ । यिनको महाकाव्य इलियड र ओडेसीको तुलना रामायण र महाभारतसँग गरिन्छ । सेफो युनानकी प्रथम कवयित्री थिइन् पिन्डार युनानका सर्वश्रेष्ठ कवि र गीतकार थिए । युनानमा अनेक प्रसिद्ध नाटककार थिए । इतिहासका पिता हेरोडोट्स र वैज्ञानिक इतिहासका पिता थ्युसिडाइडिजले इतिहास लेखनका क्षेत्रमा उल्लेखनीय योगदान दिए । सुकरात, प्लेटो, अरस्तु, थेल्सजस्ता युनानी दार्शनिकहरुले राजनीति र दर्शनको नयाँ आयाम थपेका थिए । गणितज्ञ र भौतिकशास्त्री आर्किमिडिज र युक्लिड तथा चिकित्साशास्त्रका पिता हिप्पोक्रेटसले वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाए । भौगोलिक ज्ञान र खगोलशास्त्रको अन्वेषण युनानबाट नै भएको थियो । आधुनिक विश्वलाई युनानले साहित्य, मनोरन्जन, राजनीति, दर्शन र विज्ञानका क्षेत्रमा उल्लेखनीय योगदान दिएको छ । 

रोमको सभ्यता
इटली प्रायद्वीपको टाइवर नदीको किनारमा रोम नगरराज्यको स्थापना भएको थियो । ७५० ई. पू. देखि यहाँ एशिया माइनरबाट आएका युट्रस्कन जातिका राजाहरुले राज्य गरिरहेका थिए । ५०९ ई. पू. मा राजतन्त्रको अन्त्यपछि रोममा रोम गणतन्त्रको स्थापना भयो । 
रोममा राजतन्त्रात्मक व्यवस्था भए पनि राजा वंशानुगत हुँदैनथे । राजाको निर्वाचन गरिन्थ्यो । राजाले ठूलाहरुको सभा र कोमिसिया क्युरियटाको सल्लाह अनुसार काम गर्नुपर्दथ्यो । गणतान्त्रिक शासनव्यवस्थामा नागरिक सभा, कन्सुल, सिनेट, डिक्टेटर, ट्रिव्यून, प्रिटोर, सेन्सर, क्वेइस्टरजस्ता संस्था र अधिकारीहरु कार्यरत थिए । रोमन साम्राज्यमा प्रान्तीय स्वायत्त शासन लागू थियो । 

रोमन कानूनको सफलताका निम्ति पेट्रिसियन र प्लेबियनका बीचमा चलेको संघर्ष र जागरण, बाह्र पत्र अधिकारपत्रको निर्माण, स्वदेशी र विदेशीका समस्या, अदालतमा जूरीको व्यवस्था, कानूनविद र दार्शनिकको विचार, नागरिक कानून, जनताको कानून, प्राकृतिक कानून, जस्टिनियन कोडको निर्माण उत्तरदायी थियो । रोमको सभ्यताले विश्वलाई कानून, सरकारको संगठन, राजनीतिक सिद्धान्त, वास्तुकला र बाटो निर्माण, इसाई धर्मको प्रचार र पात्रोको निर्माणमा उल्लेखनीय योगदान दिएको छ । 

प्राचीन चीनको सभ्यता
चीनको सभ्यता विश्वको पुरानो सभ्यता मध्येको एक हो । यसको चार हजार वर्ष पुरानो लिखित इतिहास छ । यहाँ सत्र लाख वर्ष अघिदेखि मानिस बसोबास गर्दै आएका छन् । यहाँ प्राप्त आदिम मानव अवशेषलाई ट्वान माऔ, लानय्येन र पेचिङ भनी ठाउँकै नामबाट तिनका नाम राखिएका थिए ।  चीनमा धेरै समयसम्म राजतन्त्रात्मक व्यवस्था कायम थियो । त्यहाँ शिया वंशदेखि अन्तिम छिंग वंशसम्म सैतीसवटा वंशले शासन गरेको देखिन्छ । चिनियाँ दर्शन, साहित्य, कृषि, प्रविधि, शिक्षा, चिकित्सा, पात्रोको प्रभाव विश्वभरी परेको पाइन्छ ।

किराँत सभ्यता
नेपालको इतिहास जति लामो छ,त्यो भन्दा पनि धेरै लामो किराँत सभ्यताको इतिहास रहेको कुरा हामी प्राचीन नेपालको इतिहास पढ्ने जो कोहीले सजिलोसँग भेट्टाउन सक्दछौ। किराँत  सभ्यताको  सुरुआत “  खुलाङ्ग  “अर्थात खुलाको अर्थ हो नदि  लाङ्गको अर्थ हो, ढुङ्गा  । अर्थात नदिको बहाब र प्रसस्त ढुङ्गा भएको स्थान लाई नै रिहायसी बस्ती  बिकास ,खेतीपाती र पसुपालन का लागि उत्तम र प्रकृति पद्दत्त जीवन यापनमा सहज देखे पछि  त्यो बेला देखि नै हाम्रा  पुर्बज हरु अहिलेको  ओल्लो किराँत र पल्लो किराँत  जस्ता राज्य हरु लाई नै आफ्नो जन्म थलो मान्दै आएको र यिनै स्थान हरुमा बसेर  प्रकृति पद्दत्त जीवन यापन गर्दै आएको  पाइन्छ ।यश सभ्यताको जीवन दर्शनले प्रकृतिमा इश्वर को अस्तित्व  लाई पुर्णतया  अस्बिकार गर्दछ र प्रकृति र मानव जाति इतिहासमा  उत्पत्ति  देखि नै हमेशा स्वतन्त्र रहेको कुरामा बिश्बास गर्दछ । किराँत  सभ्यताको  बिकाशको मुख्य आधार  प्रकृति पद्द्त्त रहिआएको देखिन्छ ।

यश सभ्यता  अन्तर्गत परिबार , राज्य शत्ता र निजि स्वामित्व का सबालमा मात्रै  होइन, मानिसको जन्म संस्कार  देखि मृत्यु संस्कार सम्म , राजनीति देखि अर्थतन्त्र , समाज र सांस्कृति सम्म, युद्ध कला देखि  धर्म र न्याय बेबस्था सम्म ,योग तन्त्र देखि  मनो साधना  सम्म, समग्रमा  सम्पूर्ण  मानव हरुको स्बभिमान र सम्पूर्ण मानबको  आत्मिक खुसी  सहितको समृद्धि को जीवन  दर्शन र विभिन्न आचारसंहिताको  निर्माण र बिस्तार  गरेको पाइन्छ । यश सभ्यताको  मुख्य बिशेषता  यो हो, सत्यम – शिबम – सुन्दरम । यसको  सिधा र सरल अर्थ हो, सत्यको पैरवी गर्नु । सत्यको प्रतीक शिव हुने कुरामा  बिश्बास पैदा गर्नु र  शिव सुन्दर हुने कुराको भोक जगाउनु र बिस्तार गर्नुका अलावा  आफ्नो  सांस्कृतिक  साम्राज्यको बिस्तार गर्नु रहेको देखिन्छ ।

बैद्धिक सभ्यता 
बैद्धिक साहित्य/सभ्यताको  इतिहास इशा पुर्ब २५ ०० देखि  ४५ सयको समय अबधि  लाई मान्ने गरिएको छ । यश साहित्य बा सभ्यतामा  बेदको अर्थ हो, ज्ञान हुनु हो । यश साहित्य बा सभ्यता अन्तरगत – ऋिबेद ,यजुबेद र समबेद लाई  त्रिबेद भनिएको भए पनि पछि यसमा अर्थबेद र इतिहास बेद लाई समेत सामेल गरे पछि  यी सबै संहिता  हरु लाई पुर्ण बेद मानेको पाइन्छ । यश साहित्य लाई  यश अबधिमा देश भित्र रहेका हिन्दु धर्मावलम्बी हरुले कन्ठ पारे । यश लाई आफ्नो सार्थक  जीवन दर्शन बनाए । मानव कल्याणकारी काममा  प्रयोगको क्रममा  क्रमशः यसको बिकाश र बिस्तार गरेको पाइन्छ । शाख्य साहित्य वा सभ्यतामा त यहाँ सम्म कि संवत् गुर्ण लाई सुन्दर र आनन्दको श्रोत मान्दछ भने रजशगुर्ण लाई कर्मको र तमशगुर्ण लाई अज्ञानता ,आलस्यता र उदाशिनताको मुख्य श्रोत मान्दछ । त्यसको  बाबजुद पनि  यी तीनै तत्व वा गुणहरुको निरन्तरको आपसी  अन्तरसंघर्षको परिणामस्वरूप यस सभ्यताको  बिकास हुने कुरामा बिश्वास गर्दछ ।

बौद्ध सभ्यता

हुन त बौद्ध सभ्यताका अनुयायीहरुले सिद्धार्थ गौतम बुद्धलाई बौद्ध साहित्य बा सभ्यताको  २५ ओं नयाँ अबतार मान्ने गरेको पाइन्छ । तर , आज भन्दा झण्डै २९ सय बर्ष पहिले , स्मरण रहोस , पहिलोपटक सिद्धार्थ गौतम बुद्धले  लामो  र ज्यादै कष्टकर साधनाको माध्यमबाट  आर्जन गरेको ज्ञान संसार  लाई अत्यन्तै सरल शब्द र भाषा शैलीमा  शुत्र बद्ध गर्दै  – दुःख छ । दुःखको कारण छ । दुःखको निबारण छ । ज्ञान शील र समाधिको अष्ट मार्ग बाट दुः खको निराकरण गर्न सकिन्छ ।भन्नू भएको थियो । बुद्धले यो पनि भन्नुभएको थियो।  एउटा बलेको दियो ले हजारौं दीप हरु जलाउन सकिन्छ । बौद्ध साहित्य बा सभ्यताले पनि  कुनै अदृश्य शक्तिको उपस्थिति हुने कुरा  लाई  पुर्णतया  अस्बिकार गर्दछ र मानव र प्रकृति  प्रकृति पद्दत्त नै स्वतन्त्र रहेको कुरामा बिश्बास गर्दछ ।
माथि संक्षेपमा उल्लेख गरिएका हाम्रा तिनै साहित्य वा सभ्यता सांस्कृतिकहरुले हामीलाई आफ्नो युग र समाजमा  मानव मानव बीचमा सामाजिक सद्भाव, आपसी  प्रेम, दया, माया, परोपकार, करुणा, भाइचारा , बिश्व बन्धुत्ब, आपसी एकता, समन्वय ,सह अस्तित्व , उदारता, सार्थक  र जीवन उपयोगी  शिक्षा  दिएका छन् । 

इतिहासमा  कुनै पनि  देशको आम नागरिक ,समाज वा मुलुकहरुले  माथि उल्लेखित चार कुराहरुको अभावमा स्बभिमान सहितको समृद्ध  मुलुक बनाउन सकेको  एउटा पनि इतिहास छैन । दुनियाँका   जुन जुन देशहरुले  सोच, नेतृत्व ,संङ्गठात्मक संरचनाका अलावा पुर्बजहरु बाट बिरासतमा प्राप्त  मूल्य मान्यता र सभ्यतालाई समेत  बैज्ञानिक , बस्तुबादी र ब्याहबारिक ढङ्गले  उचित प्रकारको तालमेल र तादम्यता मिलाउने  प्रश्नमा  उचित स्थान  दिएका छन । ती देशहरु एउटा सेटमा , श्रृङखलामा , संङ्गतिपुर्ण ढङ्गले एउटा लयमा  जिबन र जगतमा  सम्पूर्ण क्षेत्रमा  प्रगति गर्दै , सफलताको शिखर चुम्दै हामी अगाडि रहेको पाउने छौ । तर , दुनियाँका जुनजुन देशहरुले माथि उल्लेखित यी चारवटा कुराहरुको बीचमा उचित  प्रकारको तालमेल र तादम्यता मिलाउने प्रश्नमा  अरुचि  प्रकट गर्दछन बा  उपेक्षा भाब राख्दछन बा यसको महत्त्व  लाई बुझ्ने झंन्जट उठाउन नै चाहादैनन बा आफ्नो  ज्ञानको सिमा समस्या वा ब्याक्तिगत स्बार्थका कारणले बुझेर पनि  यस बिषय लाई अनादर गर्दछन ।

त्यो देशको  आम नागरिक , समाज वा मुलुकको सामाजिक अबस्था अहिले पनि  अत्यन्तै  गरिब ,असाहाय , दुखी , दरिद्रताले भरिभराउ  बिकाशको दृष्टिकोणले  रुग्ण अबस्था बाट गुज्रिरहेको देख्न सकिन्छ । यहाँ , कुनै पनि देशको आफ्नो मुलुकको बिकासको नयाँ  सोच, नेतृत्व ,संङ्गठात्मक संरचना र सभ्यताको नेशन बिलडिङ्गको निर्माणको  लागि  माथि उल्लेखित यी चारै तब्त्तहरुको बीचमा  उचित  प्रकारको  तालमेल र तादम्यता ठिक ठिक ढङ्गले  मिलाइएन भने त्यहाँ बैचारिक  गढबड सुरु हुन्छ र यस स्थितिमा  पुरानै वा आयातित बिचार हाबि हुने र नयाँ बिचार  लाई कालान्तरमा  भुत्ते बनाइ दिने खतरा  रहि रहन्छ । यस्तो  स्थितिमा   कुनै पनि देशको स्बिभमान सहितको समृद्धिको जनआकंक्षा सिर्फ ः मृर्ग तिष्णा मै सिमित  हुने गर्दछन । एउटा पिछडिएको गरिब देशले बिकशित देशको भौतिक र बौद्धिक उपलब्धि हरु लाई अपनाउने चेष्टा गर्दछ तर यसको अर्थ यो होइन कि त्यो  देश एउटा दास जस्तै उनी हरुको पिछलग्नु बन्दछ । हो , आफ्नो  आबस्यकताले एउटा पिछडिएको जातिले धनुशबाण लाई छोडेर ब्प द्धठ हतियार समात्न पुग्दछ । यस प्रश्नमा  नागरिक  पहिलो  अभियानका  केन्द्रीय अगुबा मेरा मित्र प्रशान्त सिंह एउटा यस्तो उदाहरण  दिनु हुन्छ – हामीले काँइयो लिनु अघि यो त हेर्नू पर्याे हाम्रो टाउकोमा कपाल छ छैन । यदी कपाल नै छैन भने काँइयो को के काम ?

हाम्रो देशको सभ्यताको  इतिहास धेरै लामो रहि आएको छ । आज भन्दा झण्डै  ६ सय बर्ष पहिले अर्थात १७ औँ शताब्दीको पहिलो दशकमै दुनियाँभरमा जम्मा जम्मि २५ बटा देशहरु मात्रै  अस्तित्वमा थिए । त्यो बेला पनि नेपाल एउटा सार्बभौमसत्ता स्वतन्त्र मुलुकको  रुपमा नै रहेको  प्राचीन नेपालको इतिहास हेर्दा थाहा लाग्दछ । त्योभन्दा  पहिला नै नेपाल पुर्बिय सभ्यताको उदगम स्थल वा तुफानी केन्द्रको  रुपमा  बिकशित भइसकेको पाइन्छ ।  चाहे त्यो पुर्बी नेपालको किराँत सभ्यता होस चाहे त्यो बैद्धिक सभ्यता वा बौद्ध सभ्यता ।  यी सबै सभ्यताहरुले नेपालको  राजनैतिक  सिमा नाघेर  बिश्वब्यापीकरण भइसकेका थिए । त्यसरी हाम्रा  आफ्ना मौलिक सभ्यताहरुले बिश्वब्यापी  आकार प्रकार लिनुको प्रमुख कारण हो ः त्यस प्रकारका सभ्यताहरुले सत्य र  बिश्व मानबताबादको प्रतिनिधित्व गर्दथे । हामी सबैलाई  ज्ञात हुन जरुरी छ की विचारको लडाईँमा भुगोलको सीमा हुँदैन र यो मान्यतालाई नेपालले सबैलाई उछिनी सकेको थियो ।

सम्पूर्ण मानबको स्बभिमान र सम्पूर्ण  मानबको समृद्धिको प्रतिनिधित्व गरेकै कारण हाम्रा सभ्यता हरु लाई दुनियाँका  सबै देश हरुले एक पछि अर्को गरि ग्रहण पनि गरे र त्यसको स्वामित्व पनि  लिए र अपनन्वको महशुस पनि गरे ।  हाम्रा  पुर्बजहरुले  प्रतिपादन गरेको जिबन ,दर्शन वा सभ्यताको जगमा  टेकेर   स्बाभिमानी पनि  भए र समृद्धि पनि हाशिल गरे । यतिबेला  दुनियाँमा  हामी सहित दुई सय बीस भन्दा बढी  देशहरु अस्तित्वमा  रहेका छन । इतिहासमा  जसको कुनै निश्चित भुगोल ,भाषा , धर्म,सांस्कृति, मूल्य मान्यताका अलावा  सभ्यताको  कुनै नाम निशान समेत  थिएन , उदाहरणका लागि मध्य पुर्वको इजरायल एउटा यस्तो देश हो, जसको कुनै आफ्नो मौलिक भुगोल थिएन, सभ्यता थिएन, संस्कृति  थिएन, त्यस्तो देश समतले आज दुनियाँको सबैभन्दा स्वाभिमानी र समृद्ध हुन पुगेको हामी देख्न सक्छौँ । त्यसका अलावाका अरु पनि यस्ता कैँयौँ देशहरु छन्, जसको  कुनै मौलिक भाषा, भुमि, साहित्य वा सभ्यताको नाम निशान थिएन ति मुलुकहरु पनि आज स्वाभिमान र समृद्धिको शिखरमा छन् ।

जस्तो हाम्रो छिमेकी भारतको प्राचिन भारतको इतिहास वा मध्यकालिन भारतको इतिहास समग्रमा विभिन्न प्रान्तबाट विभिन्न समयमा आएका हमलाकारी इस्लामिकहरुको इतिहास हो र आधुनिक भारतका अगुवाहरुले अहिले आएर इतिहासको त्यो भद्धा संस्करणलाई सच्चाउने र आफ्नो मौलिक इतिहास कायम गर्ने प्रश्नमा नै सम्पूर्ण समय, उर्जा र स्रोत खर्च गरिरहेका छन् । भारतका अलावा कैयौं नयाँ देशहरुले समेत ,कतिपयले प्रथम र कतिपयले दोश्रो बिश्व युद्ध पछि  पुर्बिय सभ्यताको  जगमा टेकेर नै आफूलाई बिश्व संङ्ग पदचाप मिलाउदै हिडन सक्ने  बनाए र बेबस्थित पनि हुदै गहिरहेको पाइन्छ ।

एउटा स्वतन्त्र र सार्बभौमसत्ता सम्पन्न , धेरै पुरानो  मुलुक नेपाल, जुन मुलुक आफैमा एउटा  बैभबशाली सभ्यताको  जनजी हो , त्यस्तो मुलुकको गणना आज बिश्व कै एउटा बिपन्न ,गरिब,दुखी,निर्धन, असाहाय,दरिद्र आर्थिक दृष्टिकोणले  परनिर्भर देशको  सुचिमा कसरी हुन पुग्यो  ? कसरी यश देशका नागरिकको  अबस्था यति धेरै निरीह ,दयनीय र टिठ लाग्दो  हुन पुग्यो ? कसका कारणले यति धेरै साधन श्रोतले सम्पन्न  मुलुक  एउटा    शारीरिक दृष्टिकोणले कमजोर÷ रोगी  ,मानशिक दृष्टिकोणले ले अस्बस्थ र बैचारिक दृष्टिकोणले सुन्यताको अबस्था र बिकाशको दृष्टिकोणले हेर्दा दुनियाँको सबैभन्दा जर्जर र पिछडिएको मुलुकमा दर्ज हुन पुग्यो ? यस विषयमा निम्न तीनवटा प्रवृतिहरु जिम्मेवार रहेका छन् । 

राष्टबाद
 देश,  लामो समय अबधि सम्म बंशानुगत शासन प्रणाली   अधिनमा रह्यो । यश प्रकारको शासन  प्रणालीको  बिशेषता ,चरित्र र गुर्ण भनेको  लोकतन्त्र बिरोधी ,स्बेच्छाचारी र निरकुंश अधिनायकवादमा आधारित थियो । यसले , इतिहासको रचनाकार  बास्तबमा  बहुसंख्यक  जनसमुदाय  हरु नै हुने कुरालाई  कहिल्यै  स्बिकार गरेन । यसो भन्नुको अर्थ हो, यसले  जनताको  बास्तबिक सनातन  धर्म ,सांस्कृति र परम्परा का अलावा मानव निर्मित  सभ्यताको संरक्षण र प्रबर्द्धन गर्ने कुरा त परै जाबस, यिनको  महत्त्व लाइ बुझ्न  र यिनै  सभ्यताको जगमा  कहिल्यै   उभिन चाहेन ।

बरु त्यस प्रकारको  इतिहास माथि  निर्मता पुर्बक प्रहार गर्ने र जनताको इतिहास लाई बलात कब्जा गर्दै , नाम निशान समेत  मेटाउदै आफ्नो तथाकथित  साम्राज्य कायम  गर्ने कुरा  लाई नै प्राथमिकताको सुचिमा राख्यो । इतिहास र बहुसंख्यक जनसमुदाय बाट कटेको ,राष्टबाद  ( ल्बतष्यलबष्किm) कालान्तरमा  दिशा बिहिन , धुरी बिहिन , गन्तव्य बिहान हुदै  अलगाबको अध्यारो  गल्लीमा  भड्किनु अनिवार्य सर्त थियो  ।  उदाहरणका  लागि  १७ ओं सताब्दीको छैटौं दशकमा ( सन ज्ञठटछ )जतिबेला  दुनियाँ  प्रथम ओंधोगिक क्रान्तिका  लागि  प्रशब पिडा सहितको  तयारीमा  जुटिरहेको थियो  ठिक त्यो बेला  नेपालको प्रभुत्व शासक बर्ग भुरेटाकुरे राज्य गठन र बिघठनमा केन्द्रित भएको देखिन्छ । जतिबेला  दुनियाँ  दोश्रो ओंधोगिक क्रान्तिको चरणमा  रहेको थियो  । ठिक त्यो बेला  देशको  प्रभुत्व शाषक बर्ग तत्कालीन  बिट्टेन भारत जो हामी भन्दा ३२ गुर्णा ठुलो  देश संङ्ग युद्धमा थियो ।

अनुकूल  परिस्थितिमा  अत्यन्तै  राम्रो युद्ध लडेको नेपालको प्रभुत्व शासक बर्ग प्रतिकुल परिस्थितिमा ब्रिट्टेन भारत समक्ष आत्मसमर्पण  गर्याै र शन १८१६ मा अपमानजनक  कुख्यात  सुगौलि  मार्फत  आफ्नो  देशको झण्डै ४३% प्रतिशत भुमि  गुमाउन पुग्यो । शोही अबधिमा नै जापानी  साम्राज्यवादी  शासक बर्गका बिरुद्ध  लडिरहेको उत्तरी  छिमेकी चीन  संङ्ग युद्ध गर्नु अन्धराष्टबादको परिणाम थियो भने पछि शन १८५७ मा आफ्नो देशको स्बतन्त्रताको निम्ति  बिट्टेनका बिरुद्ध  जीवन मरणको संघर्ष गरिरहेको दक्षिणी छिमेकी भारतका क्रान्तिकारी जनताको पक्षमा  नैतिक ,भौतिक सहयोग गर्नुको बदला तत्कालीन बिट्टेनका पक्षमा  उभिएर  र फौजि संघर्षमा  भाग लिनु आत्मसमर्पणबादी सोचको नतिजा थियो ।

इतिहासमा भएका  प्रथम र दोश्रो बिश्व युद्धहरु दुईवटा संसार स्तरको भागबन्डाका लागि भएका धेरै ठुला लडाइँहरु थिए । त्यस प्रकारका संघर्षहरुको दौरानमा प्रथम बिश्व युद्धमा प्रधानमन्त्री चन्द्र शमसेर र दोश्रो विश्व युद्धमा प्रधानमन्त्री  युद्ध शमशेरले केही मामुली रुपैयाँको निम्ति  नेपाली युवा ÷ युवतीहरु लाई दुईवटा संसार बीचको भागबन्डाको लडाइँमा भाडाको सिपाहीको रुपमा सहभागी बनाउनु बिदेशी सामु आत्मसमर्पण को  उत्कर्ष थियो ।  राष्टबाद ( नेशनालिज्जम ) को चरित्र यो हुन्छ कि उ अनुकूल परिस्थितिमा जमेर राष्टबादको पैरवी गर्दछ र जमेर लडेको ढोङ्ग पनि गर्दछ । त्यसको ठिक बिपरित  प्रतिकुल परिस्थितिमा  नाटकिय ढङ्गले  मुख्य  दुशमनका अगाडि  आत्मसमर्पण  गर्दछ ।

हाम्रो देशको सन्दर्भमा,  राष्ट्रवाद  बंशानुगत शासनका पक्षधरको बीचमा मात्रै थियो र हुन्छ भन्नू सही हुने छैन । यो एउटा अत्यन्तै  संकिण, पिछडिएको  र वैश्विक रणभुमिबाट सोच्न नसक्ने चिन्तन प्रणाली हो वा मानिसले जीवन र जगतका  बारेमा सोच्ने तरिका हो । यस्तो  सोचले कुनै पनि चीजबीज  लाई , त्यसका सबै पक्षहरु लाई  समग्रमा  हेर्ने झन्झट  उठाउदैन । यस्तो सोचले तत्कालीन  लाभ वा हानीका आधारमा  मात्रै  धारणा बनाउने गर्दछ र फैसला  लिने गर्दछ । यस्तै एउटा अबधारणा – लोकतान्त्रिक क्रान्तिको समयमा  पुष्प कमल दहालको प्रचण्डपथले  क्रान्तिकारी र राष्टबादी हुने नाममा ,हामी भन्दा झण्डै २२ गुणा ठुलो दक्षिणी छिमेकी भारतका बिरुद्ध सुरुङ्ग युद्धको ( त्बललभ िधबच) को घोषणा गर्न पुगेको थियो । त्यसको केही महिना नबित्दै  भारतको नयाँदिल्लीमा  बसेर १२ बुंदे सहमति  गरेर जनयुद्धको समापन गरेको कुरा  कसै सङ्ग लुकेको बिषय होइन । 

यस्तै  एउटा   अर्को घटना  २०७२ साल असौज ३ गते संबिधान सभा बाट नयाँ  संबिधान  जारी भए संङ्गै  देश भित्र कतिपय  मधेसी , जनजाति   लगाएतका उत्पिडित समुदायले  पहिचान र राजनैतिक  अधिकार बाट आफू लाई बन्चित गरेको जनाउदै  आन्दोलनरत  रहेका थिय । भारतले   नेपाल  धर्म निरपेक्ष  मुलुक भएकोमा  पुनः बिचार गर्न  अनुरोध गर्दै थियो । ठिक त्यही बेला केपी ओलि नेतृत्वको सरकार का अलावा  नेपालका तथाकथित कम्युनिस्ट पार्टीका नेताहरुको  तथाकथित  राष्टबाद ( ल्बतष्यलबष्किm)  अत्यन्तै चर्का ,नशिला , मनमोहक र उत्योजक गित गाउदै अगाडि  आयो र भारत लाई नेपाल माथि नाकाबन्दी लगाउने तह सम्म उतार्ने काम गर्याे ।  तर , त्यसको केही  समय नबित्दै देशको  अस्मिता माथि नै आंच पुग्ने गरि मध्य रातमा भारतीय  गुप्तचर संस्था  ’ र ’ का प्रमुख  सामन्त गोएल को अगाडि  आत्मसमर्पण  गर्याे ।

कम्युनिस्टहरुले आफूलाई हमेशा अन्तर्राष्ट्रबादी बताउदै  आएको भए पनि  उनी हरुले  देङ्गस्याओपिङ्ग ,लियो ट्राटस्कि , नेशनल मण्डला,  पिबि नरसिंह राब ,मनमोहन सिंह, महाबिर महाथिर , लिकयान यु  लाई  कहिल्यै  आफू पनि पढेनन र आफ्नो पार्टीका सदस्य हरु लाई पनि पढन दिएनन । उनी हरुले सिर्फ ः माक्सबाद , लेनिनबाद र माओवादजस्ता राजनैतिक बिज्ञान  लाइ पढे । पढाए । यसै लाई शनातन धर्म, सांस्कृति ,भाषा र सभ्यताको  रुपमा लिए र जीवन दर्शन बनाए र बनाइरहेका छन । स्बभिमान र समृद्धिको नेशन बिल्डिङ्ग निर्माणको  निम्ति  आबस्यक पर्ने    त्बत्त हरुको खोजि र तद अनुरुपको जीवन  , ब्याहबार आचरण  त धेरै टाढाको कुरा भयो । उनी हरुले बिरासतमा पुर्बज हरु बाट  प्राप्त सभ्यताको  महत्त्व  बुझ्ने कहिल्यै पनि  प्रयत्न गरेको देखिदैन ।  इतिहासमा ,जुनजुन समुदायले सबैभन्दा पहिला  सभ्यताको  निबं राखे । त्यसको बिकाश,  संबर्दन र योगदान गरे , तिनै समुदाय हरुले पहिचान र राजनैतिक अधिकारको  कुरा उठाउदा बित्तिकै  असहृष्णु बन्ने मात्रै  होइन आफ्नो निजी शत्ता स्बार्थका लागि  दमनमा समेत उत्रनुले उनीहरुले  आफूलाई राष्टबादी बा अन्तर्राष्ट्रबादी भन्ने गरेको भएता पनि उनीहरुको जीवन व्यवहार र आचारणको बिचमा गम्भिर प्रकारको विरोधाभाष देखा पर्दछ ।

यथास्थितिवाद
 देशमा , यथास्थितिवादी  सोच को प्रतिनिधित्व   नेपाली काङ्गेस पार्टीले गर्दै आएको छ ।यसले  सुधारिएको संसदीय  पुंजिबादी बेबस्था लाई सर्बाेपरी ठान्दछ र यसैमा नै आफ्नो राजनैतिक भबिश्य सुरक्षित  देख्दछ । यो शक्तिले बितेको  आठ दशक लामो  लोकतान्त्रिक क्रान्तिको कालमा  कहिले सामन्तवादको नाइके राजतन्त्र  लाई नै राष्ट्रियताको प्रतीक बताउदै  राजाको छत्रछायामा रहेर   बढी भन्दा बढी  राजकिय सुबिधा  लिने मात्रै  होइन , देशको दलाल  प्रशासन संङ्ग मिलिमत्तो गरेर  देशका प्राकृतिक साधन श्रोत हरु दोहन गर्ने र अकुत सम्पत्ति  आर्जन गर्ने काममा नै तल्लीन  हुने गरेको छ । जबजब राजाले दमन गर्छ , तबतब प्रजातन्त्रको दुहाइ दिने र भारतीय तथाकथित प्रभुत्व शासक बर्गका अगाडि  लम्पसार पर्ने र त्यसको  आड र भरोशामा पुनः  देश भित्र राजकिय सुबिधा लिने र प्राकृतिक  साधन श्रोत दोहनको धन्दा लाई निरन्तरता  दिने गरेकोले नै एकातिर  देशको  लोकतान्त्रिक  क्रान्तिको  ऐतिहासिक कार्यभार  ज्यादै ढिलो हुन पुगेको  र अर्कोतिर  देशमा ढिलै भए पनि  राजतन्त्र रुपी हाँगो भाचिएको र त्यसको स्थानमा लोकतान्त्रिक गणतन्त्र  समेत शुनिश्चित भइसकेको संन्धर्बमा यो शक्ति  यतिबेला  आफ्नो यथास्थितिवादी  सोचका कारण बिलखबन्धमा परेको र यो शक्तिको  बर्ग चरित्रमा  भएको  व्यापक परिवर्तनका कारण धेरै पहिले देखि नै अन्तर्राष्ट्रिय  रणभुमि बाट सोच्ने क्षमता  गुमाइ सकेको छ ।

लोकवाद 
देशमा , सत्तरीको दशक संङ्गै नयाँ युग र समाजले पैदा गरेका नयाँ  प्रकारका चुनौति /समस्याहरुको हल गरि समग्र  मुलुकको राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक  रुपान्तरण गर्ने ऐतिहासिक  जिम्मेवारी मुलुकको काँधमा  आइपुगेको थियो ।  देशका परम्परागत संसदबादी राजनैतिक  शक्ति हरु प्रायः सबै जसो नयाँ परिस्थितिमा  रुपान्तरण हुनुको सट्टा   सामन्तवादका बिशेषता, चरित्र र गुर्ण हरु आफुमा शहबरण गर्न उद्दत्त भइरहेका थिय । ठिक यही परिस्थितिको  फाइदा  उठाउदै फिल्मी स्टाइलमा, ज्यादै चर्का, नशिला ,मनमोहक र उत्योजक -सुशासन र समृद्धिको गित गाउदै उदाएका नयाँ भनिएका दल हरु समेत  यतिबेला  पुरानै शत्ताका मालिकहरुसँग भागबन्डा  गरेर शत्ताको आनन्द  लिन पाउँदा फुरुङ्ग छन ।  देशका  लोकतान्त्रिक शक्ति हरु बलियो भएको बेला  यो प्रबृत्ति कमजोर रहेको थियो । 

तर,  जब लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी भुमिका निर्बाह गरेका  राजनैतिक  नेतृत्व र यसका संस्था हरुले आफ्नो  ओचित्यता ,प्रसंङ्ग, आबस्यकता र क्षमता  गुमाउँदै गए । यो प्रबृत्ति  हाबी हुदै गहिरहेको छ । एउटा  स्बभिमान सहितको  समृद्ध  मुलुक  निर्माणको  निम्ति आबस्यक पर्ने दर्शन, सिद्धान्त, बिचार, राजनीति, निश्चित मूल्य प्रणालीमा खडा भएको  संङ्गठन र इतिहास र सभ्यताको  गहिरो ज्ञान नभएको   शक्तिले  देश बनाएको  इतिहास , अहिलेसम्म कतै  देखिएको  छैन । नयाँ र बैकल्पिक राजनीति भनेको  अस्थिर, ढुलमुल,दोहोरो चरित्र बोकेका, क्यारिरिष्ट,अबसरबादी  प्रियताबादी चिन्तन प्रणाली बोकेको नेतृत्व र शक्ति बाट संभब हुने कुरा  होइन । यसका  लागि माथि उल्लेखित तिनै प्रकारका  चिन्तन प्रबृत्ति बाट मुक्त एक स्वतन्त्र,  निश्पक्ष ,पारदर्शी र परिणाम मुखी राजनैतिक आन्दोलन बाट मात्रै  संभब हुने कुरा  हो भन्ने कुरा समयमै  सबै सजग हुन जरुरी छ ।

हिरोइज्म
देशमा , सत्तरीको दशक संङ्गै नयाँ युग र समाजले पैदा गरेका नयाँ  प्रकारका चुनौति ÷ समस्या हरुको हल गरि समग्र  मुलुकको राजनैतिक, आर्थिक ,सामाजिक र सांस्कृतिक  रुपान्तरण गर्ने ऐतिहासिक  जिम्मेवारी मुलुकको काँधमा  आइपुगेको थियो ।  देशका परम्परागत संसदबादी राजनैतिक  शक्ति हरु प्रायः सबै जसो नयाँ परिस्थितिमा  रुपान्तरण हुनुको सट्टा   सामन्तवादका बिशेषता ,चरित्र र गुर्ण हरु आफुमा शहबरण गर्न उद्दत्त भइरहेका थिय । ठिक यही परिस्थितिको  फाइदा  उठाउदै फिल्मी स्टाइलमा, ज्यादै चर्का, नशिला, मनमोहक र उत्तेजक-सुशासन र समृद्धिको गित गाउदै उदाएका नयाँ भनिएका दल हरु समेत  यतिबेला  पुरानै शत्ताका मालिक हरु संङ्ग भागबन्डा  गरेर शत्ताको आनन्द  लिन पाउँदा फुरुङ्ग छन ।  देशका  लोकतान्त्रिक शक्ति हरु बलियो भएको बेला  यो प्रबृत्ति कमजोर रहेको थियो । 

तर, जब लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी भुमिका निर्बाह गरेका  राजनैतिक  नेतृत्व र यसका संस्था हरुले आफ्नो  ओचित्यता ,प्रसंङ्ग , आबस्यकता र क्षमता  गुमाउँदै गए । यो प्रबृत्ति  हाबी हुदै गहिरहेको छ । एउटा  स्बभिमान सहितको  समृद्ध  मुलुक  निर्माणको  निम्ति आबस्यक पर्ने दर्शन, सिद्धान्त,बिचार ,राजनीति, निश्चित मूल्य प्रणालीमा खडा भएको  संङ्गठन र इतिहास र सभ्यताको  गहिरो ज्ञान नभएको   शक्तिले  देश बनाएको  इतिहास , अहिलेसम्म कतै  देखिएको  छैन । नयाँ र बैकल्पिक राजनीति भनेको  अस्थिर, ढुलमुल, दोहोरो चरित्र बोकेका, पदलोलुप्त, क्यारिरिष्ट,अबसरबादी  प्रियताबादी चिन्तन प्रणाली बोकेको नेतृत्व र शक्ति बाट संभब हुने कुरा  होइन । यसका  लागि माथि उल्लेखित तिनै प्रकारका  चिन्तन प्रबृत्ति बाट मुक्त एक स्वतन्त्र, निश्पक्ष, पारदर्शी र परिणाम मुखी राजनैतिक आन्दोलन बाट मात्रै  संभब हुने कुरा  हो ।

समग्रमा  नेपालको  इतिहासको समृद्ध  इतिहासको अध्यन गर्ने जो कोही मानिस पनि  सहजै यो नतिजामा पुग्छ कि यति धेरै लामो र आफ्नै मौलिक बैभबशाली सभ्यताको इतिहास बोकेको मुलुकमा  कहिल्यै पनि  नेशन बिलडिङ्गको निर्माणको प्रश्नमा  सघन बहस भएको र त्यसका लागि  आबस्यक पर्ने नेतृत्व , साझा सोच , संङ्गठनात्मक संरचना र जनताको क्षमताको  आधारमा  बिकाशको अल्पकालीन ,मध्यकालीन र दृर्घकालिन राष्ट्रिय गौरबको योजना कहिल्यै बनेको  देखिदैन ।  माथि  उल्लेख  गरिएका तिनै प्रकारका  चिन्तन, प्रबृत्ति र पात्र हरुले अहिले पनि  आफुले अंङ्गिकार गरेको राजनैतिक कार्यदिशालाई धर्म ग्रन्थको रुपमा  भट्याउदै हिड्ने र त्यसै लाई नै अन्तिम सत्यको रुपमा ब्याख्या  गर्दै हिडिरहेको पाइन्छ ।

त्यसको  परिणामस्वरूप देश यतिबेला  प्रायःजसो क्षेत्र बाट एउटा अबिश्बासको पात्र बन्दै ,बैचारिक  सुन्यता को स्थिति बाट  दिशा बिहिन, धुरी बिहिन , गन्तव्य बिहिन, अलगाबको अध्यारो  सुरुङ्ग भित्र  कैद हुदै  गहिरहेको छ ।  इतिहासको यश नयाँ मोडमा हामी निराश भएर होइन कि एउटा क्रान्तिकारी  आसाबाद सहित  अब कुनै वाद बा बिचारधारा होइन कि  हामी हाम्रो देशका सनातन धर्म,सांस्कृति र सभ्यताको जगमा टेकेर  हामी हाम्रो लोकतन्त्र,राजनैतिक अभ्यास ,राज्य संचालनको आदर्श, आधुनिकता, प्रविधिमैत्री सोच र हामी हाम्रै ज्ञान परम्पराका  आधारमा मार्ग निर्देशित भएर मात्रै हामी हाम्रै मौलिकतामा , एउटा सबल समाबेशी र  स्बभिमान सहितको  समृद्ध   राज्य निर्माण गर्न सक्ने छौ ।-(लेखकनागरिक पहिलो  अभियान ,नेपालका केन्द्रीय कार्यदलका सदस्य  हुन् )

नारायण खनाल
लेखकको बारेमा
नारायण खनाल
स्तम्भकार