ताजा अपडेट »

सृष्टि र महेशको चलचित्र '११.५५' को सुटिङ सकियो

विहीबार, २६ पुस २०८०, १० : ५२
194 Shares


काठमाडौँ  । ११.५५ मा घट्ने घटनाको वरिपरि रहेर निर्माण गरिएको चलचित्र '११.५५' को सुटिङ सकिएको छ । निर्माण टिमले निर्धारित समयभन्दा तीन चार दिन अघि नै फिल्मको सुटिङ सकाएको जानकारी गराएको हो । बुधबार मात्र निर्माण टिमले इन्ड क्ल्याप गर्दै फिल्मका कलाकार तथा प्राविधिकलाई धन्यवाद दिएको थियो ।

सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, सागर खनाल र करिष्मा श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रलाई केशव पाण्डेले निर्देशन गरेका हुन् । अष्ट्रेलियाको मेलबर्न बस्ने पाण्डेको यो डेब्यु निर्देशन हो । फिल्मलाई पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवाली मिलेर लेखेका हुन् । फिल्ममा एमएस अग्रजले अभिनय पनि गरेका छन् ।

प्रधुम्न मिश्र र रामशरण उप्रेतीको छायांकन रहेको चलचित्रलाई भदौमा प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको रहेको छ । निर्देशक पाण्डेले चलचित्र थ्रिलर विधामा बनेको बताउँदै विधागत फिल्म निर्माणमा यसले छाप छाड्नसक्ने विश्वास व्यक्त गरे ।

सृष्टि श्रेष्ठले पनि चलचित्रमा काम गर्दा रमाइलो भएको बताउँदै दर्शकलाई पनि निराश नबनाउने बताइन् ।‘मैले ड्रामा र लभस्टोरी विधाका चलचित्रमा धेरै काम गरेकी थिएँ । थ्रिलर मेरा लागि नयाँ विधा थियो । यही कारण पनि म उत्साहित छु । त्योभन्दा पनि सुटिङ गरुन्जेल मलाई एकदमै मजा आएको थियो । आशा छ दर्शकलाई पनि आउँछ,’ उनले भनिन् । सृष्टिको अभिनय रहेको नयाँ फिल्म ‘ दि रेड सुटकेस’ आउँदो नयाँ वर्षमा प्रदर्शन हुँदैछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।