ताजा अपडेट »

बर्दियामा जलेर घाइते भएकी ७५ वर्षीया वृद्धाको मृत्यु

विहीबार, २६ पुस २०८०, १० : १३
30 Shares

बर्दिया।  बर्दियामा चिसोबाट बच्न बालेको आगोले जलेर गम्भीर घाइते भएकी वृद्धाको मृत्यु भएको छ।

बर्दिया राजापुर नगरपालिका-५ झप्टीकी ७५ वर्षीया सोहनी थारूको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो।

उनको उपचारको क्रममा नेपालगन्जस्थित आरोग्य अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

बुधबार दिउँसो करिब साढे ३ बजे आफू सुत्ने कोठामा आगो बालेर उनी सुतेकी थिइन्।

प्रहरीका अनुसार उनले ओढेको ब्लाङकेटबाट आगो सल्किँदा उनी घाइते भएकी थिइन्।

थारूलाई बर्दिया अस्पताल हुँदै थप उपचारको लागि नेपालगन्ज लगिएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।