ताजा अपडेट »

क्यानको महाप्रबन्धकमा उत्सव ढुंगाना नियुक्त

सोमबार, २३ पुस २०८०, २१ : ५४
92 Shares
सोमबार, २३ पुस २०८०
92 Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले उत्सव ढुंगानालाई आफ्नो महाप्रबन्धक नियुक्त गरेको छ । लामो समयदेखि खाली रहेको महाप्रबन्धक पदमा क्यानले सोमबार ढुंगानालाई नियुक्त गरेको जानकारी दिएको हो ।

क्यानले विज्ञापन गरी खुला प्रतिस्पर्धाबाट ढुंगानालाई महाप्रबन्धक बनाएको हो ।  क्यानको महाप्रबन्धकका लागि ६८ जनाले आवेदन दिएकोमा ७ जनालाई अन्तर्वार्तामा सामेल गराएर उनलाई छानिएको हो । यसअघि ०७९ को वैशाख ३ मा क्यानले वृतान्त खनाललाई महाप्रबन्धक नियुक्त गरेपछि उनले दिएको राजीनामा गत असार १५ गते स्वीकृत भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।