ताजा अपडेट »

टी-२० विश्वकपको तालिका सार्वजनिक : नेपाल समूह 'डी'मा

शनिबार, २१ पुस २०८०, ०८ : ०९
164 Shares
शनिबार, २१ पुस २०८०
164 Shares

काठमाडौं । आगामी ४ देखि ३० जुनसम्म अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा परेको छ । शुक्रबार सार्वजनिक खेल तालिकाअनुसार समूह डीमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् ।

नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्डस्, दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षीण अफ्रिकासंग जुन १४ र चौथो खेल बंगलादेशसंग जुन १६ मा खेल्नेछ । गत कात्तिकमा घरेलु मैदानमा यूएईलाई हराउँदै नेपालले १० वर्षपछि टी-२० विश्वकपमा स्थान पक्का गरेको थियो ।

समूह एमा भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड, समूह बीमा इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र समूह सीमा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी छन् ।

विश्वकपमा ५५ खेल हुनेछन् । हरेक समूहमा रहेका देशले ४/४ खेल खेल्ने छन् । ४ समूहका शीर्ष २/२ टिम गरी कुल ८ टिम सुपर-८ मा पुग्नेछन् । सुपर-८ मा पनि २ समूहमा प्रतिस्पर्धा हुनेछन् । सुपर-२ को २ समूहका शीर्ष २/२ टिम सेमिफाइनलमा पुग्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।