ताजा अपडेट »

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

शुक्रबार, २० पुस २०८०, १३ : ०८
76 Shares
शुक्रबार, २० पुस २०८०
76 Shares

काठमाडौं  । नेपालको दुईदिने भ्रमण पूरागरि भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्।

बिहीबार काठमाडौं आएका उनी शुक्रबार स्वदेश फर्किएका हुन् ।

नेपाल बसाइका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरूसहित विभित्र राजनीतिक दलका नेतासँग भेटवार्ता गरेका थिए भने विभिन्न बैठकमा सहभागी भए । 

स्वदेश फर्किनुअघि शुक्रबार बिहान उनले पशुपतिनाथको दर्शन गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।