ताजा अपडेट »

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने

शुक्रबार, २० पुस २०८०, १० : ३४
50 Shares

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक शुक्रबार बस्दैछ। 

बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय, आलोकनगरमा बस्ने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। राष्ट्रिय सभाका उम्मेदवार र विधान संशोधनबारे बैठकमा छलफल हुने खतिवडाले बताए। 

कांग्रेस र माओवादीले राष्ट्रियसभामा एमालेलाई पनि समेटेर लाने प्रयास गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन्। बैठकमा त्यसबारे पनि छलफल हुने बताइएको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।