ताजा अपडेट »

पूर्व राजा ज्ञानेन्द्रलाई भैरहवामा नागरिक अभिनन्दन् (फोटोफिचर)

विहीबार, १९ पुस २०८०, १५ : ४५
696 Shares

भैरहवा । विभिन्न धार्मिकस्थलहरुको अवलोकन भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विहिबार रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको । अभिनन्दन कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र पूर्वरानी कोमल राज्य लक्ष्मी र परिवारसहित सहभागी भएका थिए । विभिन्न ठाउँबाट स्वतस्फूर्त सहभागी भएका नागरिक तथा विभिन्न संघ संस्थाले झाकी तथा साँस्कृतिक प्रस्तुती गरेका थिए ।

नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा. रामप्रसाद बस्यालले जनता पूर्वराजालाई स्वागत तथा अभिनन्दन गर्न आतुर रहेको दावी गर्दै जनताले राजालाई मुलुकको अभिभावकको रुपमा चाहेको उल्लेख गरे । कार्यक्रममा 'राजा आउ देश बचाउ'को नारा लगाइएको थियो । पूर्वराजा शाह गत पुस ८ गते भैरहवा आइपुगेको हुन् । उनी भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेर राजनीतिक तथा व्यक्तिगत भेटघाटलाई तीब्रता दिएका छन् ।345621 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।