ताजा अपडेट »
टिप्पणी

बुटवलको सडकमा लाखौं रकम स्वाहः विलायो उपमहानगरको बगैँचा !

बुधबार, १८ पुस २०८०, २२ : ३८
1.58K Shares

बुटवल । केही कुरा एकैछिनका लागि तामझाम हुन्छ तर दिगोपन हुने छाँट देखिएन भने हाम्रो समाजमा त्यसलाई साउनमा आउने खहरे भेलसँग जोडेर ब्याङ्ग्या प्रस्तुत गर्ने गरिन्छ । यही व्याङ्ग्यलाई चरितार्थ गर्नेगरी बुटवलको सडकमा गत साउनमा गरिएको वृक्षरोपण अहिले साउनको भेलजस्तै सुकेर स्वाहः भएको छ ।

बुटवलको मुख्य सडकलाई हरियाली बनाउने उद्देश्यसहित लाखौ रकम खर्चेर लगाइएका विरुवा संरक्षण हुन नसक्दा नामेट भएका छन् । सडक बीचको डिभाइडरमा विभिन्न प्रजातिका विरुवा लगाइएको भएपनि छाडा चौपायाको चरणथलो बन्दा अहिले धुलो बाहेक केही भेटिने अवस्थामा छैन । बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले आफै सडकमा पुगेर तामझामका साथ लगाइएका अधिकांश विरुवा पशुचौपायाले स्वाहः पारेका छन् । गत साउन १५ देखि ४५ दिने अभियानसहित बुटवलको योगीकुटीदेखि चिडियाखोलासम्म लगाइएका बिरुवा संरक्षण हुन नसक्दा बिलाएर गएका हुन् ।butwal-road

अभियानका क्रममा मुख्य सडकको डिभाइडरमा बेगम बेली १ हजार, क्यालियान्ड्रा, हेमिलिया, करबिर, इक्जोराका ३/३ सय बिरुवा लगाइएको थियो । ‘एक घर तीन रुख कार्यक्रम’ भन्दै उपमहानगरले वृक्षारोपणका लागि १२ लाख रुपैयाँ विनियोजन गरेको थियो । अभियानको आरम्भ गर्दै नगर प्रमुख पाण्डले बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गर्नका लागि चालु आर्थिक वर्षमा उज्यालो बुटवल अभियान अन्तरगत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान गर्ने, मुख्य सडक क्षेत्रलाई हरियाली बनाउने र भित्री सडकहरुलाई समेत उज्यालो बनाउँदै रात्रीकालीन बजार सञ्चालन गर्ने योजना सुनाएका थिए ।

बुटवलले चालु आर्थिक वर्षमा विद्युतीकरण, सडक बत्ती र सौन्दर्यीकरणका लागि १ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको थियो । यसैगरी कालिकानगर क्षेत्रमा रात्रीकालीन बजार सञ्चालन व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन गरेको थियो ।road-butwal

सडकमा लगाइएका बिरुवा संरक्षणका लागि तारजाली गर्न जिम्मा लिएर प्रतिबद्धता गरेका विभिन्न संघ–संस्थाहरुले समेत आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा सडकका विरुवासँगै लाखौ रकम खेर गएको हो ।

बुटवलको वृक्षरोपण अभियान : छाडा चौपायले बाँकी राख्लान विरुवा ?

 

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।