ताजा अपडेट »

टेस्ट क्रिकेट: भारतविरुद्ध दक्षिण अफ्रिका ५५ रनमा अलआउट

बुधबार, १८ पुस २०८०, १६ : २८
110 Shares

काठमाडौँ  । भारतविरुद्धको दोस्रो टेस्टमा दक्षिण अफ्रिका ५५ रनमा अलआउट भएको छ । दोस्रो टेस्टमा टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले केवल २३.२ ओभरमा अल आउट हुदै ५५ रन मात्र बनाएको हो ।

दक्षिण अफ्रिकाका ब्याट्सम्यान कील भेरेयन्नेले सर्बाधिक १५ रन बनाए भने डेभिड बेडीङघमले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिकालाई ५५ रनमा अल आउट गर्नेक्रममा भारतका बलर मोहमद सिराजले सर्बाधिक ६ विकेट लिएका थिए भने जसप्रित बमराह र मुकेश कुमारले २-२ विकेट लिएका थिए ।

टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाले एक इनिङमा बनाएको आठौँ सबैभन्दा कम टोटल हो । टेस्ट क्रिकेटको इतिहासमा दक्षिण अफ्रिका दुई पटक सबैभन्दा कम ३०-३० रनमा अलआउट भएको रेकर्ड रहेको छ । दुवै पटक नै इङ्ल्याण्डसँग ३०-३० रनमा अल आउट भएको थियो ।

२ खेलको जारी टेस्ट सिरिजमा दक्षिण अफ्रिका १-० ले अगाडी रहेको छ । पहिलो टेस्टमा दक्षिण अफ्रिकाले भारतलाई एक इनिंग र ३२ रनले पराजित गरेको थियो ।
   
    

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।