ताजा अपडेट »

‘मन्त्रीपरिषद् पुनर्गठनको तयारी’

बुधबार, १८ पुस २०८०, १० : ४०
100 Shares
बुधबार, १८ पुस २०८०
100 Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यशैली परिवर्तन गरेर नतिजामुखी काम गर्न मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारीमा रहनुभएको छ । प्रधानमन्त्रीले त्यसको सङ्केत सरकारको कार्यकालको एक वर्ष पुग्दा नै दिइसकेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले मङ्गलबार मन्त्रीहरू हेरफेर गरेर भए पनि सरकारको कामको गतिलाई अझ तीव्रता दिनेबारे छलफल भइरहेको तर निष्कर्षमा नपुगेको जानकारी दिए । मन्त्रीहरू हेरफेरका लागि सत्ता साझेदार दलहरूको पनि सहमति चाहिने र राष्ट्रिय सभा सदस्यको निर्वाचन पनि आउन लागेकाले तत्काल परिवर्तनको सम्भावना भने कमै रहेको छ ।

नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको देशव्यापी अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरू फेरबदल गरेर थप प्रभावकारी काम गर्न चाहेको बताए  । उनले भने, “मन्त्रीपरिषद् पुनर्गठन गरेर भए पनि प्रधानमन्त्रीले जनतालाई प्रत्यक्ष अनुभूति हुनेगरी काम गर्न चाहनुभएको छ । यस विषयमा गठबन्धनमा र पार्टीमा छलफल भएको छ । निष्कर्ष आइसकेको छैन ।”

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।