ताजा अपडेट »

भन्सार छलि गरेर ल्याएको आठ लाखको मोवाईल बरामद

बुधबार, १८ पुस २०८०, ०९ : ४७
47 Shares

रौतहट ।  प्रहरीले आठ लाखको अबैध मोवाईल फोन बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मंगलबार साँझ चन्द्रनिगाहपुर गौर सडक खण्डमा चेकचाँजका क्रममा यात्रुबाहक बसको डिक्कीबाट अवैध रुपमा भन्सार छली गरेर ल्याउदै गरेको मोबाईलहरु बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले चन्द्रनिगाहपुर गौर सडक खण्डको चन्द्रपुर नगरपालिका वडा नं.५ तल्लोबजारमा सवारी चेकजाँच गर्ने क्रममा गौरतर्फबाट चन्द्रनिगाहपुरतर्फ आएको यात्रु वाहक बसको डिक्कीमा रहेको ३ ओटा बोरामा ल्याईदै गरेको ३ सय ८७ थान मोवाईल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एलिजा गिरीले जानकारी दिएकी छिन् ।

आठ लाख अठार हजार नौ सय छ रुपैया बराबरको मोवाईल आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा दाखिला गरिएको गिरीले जानकारी दिएकी छिन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।