ताजा अपडेट »

युएईविरुद्ध टी- २० सिरिजमा अफगानिस्तान २-१ ले विजयी

बुधबार, १८ पुस २०८०, ०८ : ११
44 Shares

काठमाडौँ। अफगानिस्तानले युएईविरुद्ध टी- २० सिरिज जितेको छ ।

गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा अफगानिस्तान ४ विकेटले विजयी हुदै सिरिज २-१ ले जितेको हो ।

युएईले दिएको १२७ रनको लक्ष्य पछाएको अफगानिस्तानले १८.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।यस अघि पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ९ विकेट गुमाउदै १२६ रन मात्र बनाएको थियो ।

यस सिरिजमा पहिलो खेल अफगानिस्तानले ७२ रनले जितेको थियो भने दोस्रो खेल युएईले ११ रनले जितेको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।