ताजा अपडेट »

बुटवलको मिलनचाेकमा बसकाे ठक्करबाट एक जनाको मृत्यु

मंगलबार, १७ पुस २०८०, १६ : २७
145 Shares

बुटवल । बुटवलमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ। बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नं. को बसले साईकलयात्रीलाई ठक्कर दिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

मँगलबार बुटवल ८ मिलनचोकमा भएको उक्त दुर्घटनामा साईकलयात्री अन्दाजी ४० वर्षीय पुरुष घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक व्यक्तिको पहिचान भने अझै खुल्न सकेको छैन। अहिले प्रहरीले मृतकको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखेको छ भने ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रमा लिएको जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।