ताजा अपडेट »

रोटरी क्लब अफ भैरहवाले राष्ट्रिय नेपाली टोपी दिवस मनायो

मंगलबार, १७ पुस २०८०, १२ : ४४
49 Shares

बुटवल । रोटरी क्लब अफ भैरहवाले हरेक अंग्रेजी नयाँ वर्ष जनवरी १ को दिनलाई राष्ट्रिय नेपाली टोपी दिवसको रुपमा मनाउँदै आएको छ । रोटरी क्लब अफ भैरहवाका वर्ष २०२३–२४ का अध्यक्ष उमेश चन्द्र आचार्यको अध्यक्षता तथा खेलकुद विकास समिति, लुम्बिनी प्रदेशका सदस्य सचिब जय प्रकाश भट्टराईको प्रमुख आतिय्थमा कार्यक्रम सम्पन्न भएको थियो।

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका सदस्य सचिबले क्लबले स्थापनाको छोटो समयमै समाजमा प्रभाव पार्ने कार्य गरेको बताए। क्लबले देशको शान र मान राख्दै अरुका लागी पनि उदाहरणीय कार्य गर्दै आईरहेको नजिक बाट नियाल्ने अवसर प्राप्त गरेको बताए । क्लबले आयोजना गरेको यो राष्ट्रिय नेपाली टोपी दिवसले नेपाली हो भन्ने छुट्टै पहिचान दिलाउन सफल हुने बताए । क्लबले आगामी दिनमा खेलकुद लाई समेटेर कार्यक्रम लिएर आएमा पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रम संयोजक श्याम छेत्रीले सम्पूर्णलाई स्वागत गर्दै क्लबले राष्ट्रिय नेपाली टोपी दिवस कार्यक्रमको संयोजकको जिम्मेवारी सुम्पेकोमा धन्यवाद ब्यक्त गरे ।कार्यक्रममा बिशिस्ट अतिथि तथा कल्ब एडभाईजर एजाज आलमले यस क्लबले गर्ने हरेक कार्यलाई निरन्तरता दिएको कारणले पनि आज यो कार्यक्रम सफलता पूर्वक सम्पन्न हुँदै छ भन्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा अर्का बिशिस्ट अतिथि रोटरी डिस्ट्रिक ३२९२ , जोन २९ का असिस्टेन्ट गभर्नर हिरा बहादुर शाहले क्लबका २३÷२४ अध्यक्ष, सचिब, कोषाध्यक्ष तथा फाइब स्टानडिंग कमिटिका चियरहरुलाई नेपाली टोपी लगाई दिएर सम्मान तथा हौसला प्रदान गरेका थिए ।

उक्त्र कार्यक्रममा २०२४÷२०२५ को लागि नयाँ कार्यसमिति पनि चयन भएको थियो । राम प्रसाद पन्थी लाई २४÷२५ को अध्यक्ष तथा श्याम छेत्रीलाई सचिब पदका लागि सर्बसम्मत रुपमा चयन गर्दै २१ जनाको कार्यसमिति गठन गरेको छ। २४÷२५ को अध्यक्ष राम प्रसाद पन्थीले क्लबलाई उचाईमा पुर्याउन सम्पूर्णको साथ सहयोग बिना सम्भव नहुने हुँदा एकताबद्ध भई अगाडी बढ्ने कुरामा जोड दिए।

क्लबका अध्यक्ष उमेश चन्द्र आचार्यले यो कार्यकालको आधा बर्ष समाप्त हुदै गर्दा बाँकी आधा वर्षको लागि पनि यस्तै किसिमले साथ सहयोग र हौसलाको अपेक्षा रहने बिषयमा जोड दिए। अहिलेको देशकै आर्थिक अवस्थाले गर्दा पनि क्लबले सोचे अनुरुपको कार्य सम्पादन गर्न असजिलो भएको साथै समाजलाई अलि परस्कृत कार्यक्रम दिने कुरामा सदैब अग्रसर रहेको जानकारी गराए।

क्लबका सचिब हरि प्रसाद आचार्यको संचालन सम्पन्न भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष राज कुमार गुप्ता, निवर्तमान अध्यक्ष पवन पौडेल प्रेसिडेन्ट इलेक्ट राम प्रसाद पन्थी, प्रेसिडेन्ट नोमिनी कमल कोइराला, पूर्व अध्यक्षहरु संजिव शर्मा रेग्मी, मनिष भट्टराई तथा शिव हरि शर्मा लगायत क्लबका सदस्यहरुको सहभागिता रहेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।