ताजा अपडेट »

दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु

सोमबार, १६ पुस २०८०, १७ : ३१
38 Shares

तुलसीपुर ।दाङको तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको यात्रु बहाक बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । सोमबार दिउँसो ४ बजेको समयमा तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको भे १ ख ३६९७ नं. को बसको ठक्करबाट दुधरास स्कुलमा कक्षा ३ मा अध्ययनरत ८ वर्षीय उत्तम चौधरीको घटना स्थलमै मृत्यु भएको छ ।

तुलसीपुर १७ घर भएका बालकलाई स्कुलबाट घर फर्किने क्रममा स्कुल अगाडी गाडीको बायाँ चक्का किचेको थियो । अहिले घोराही तुलसीपर सडक खण्ड अवरुद्ध भएको छ । विद्यार्थी अभिभावकहरु अहिले नाराबाजीसहित ठक्कर दिने गाडी र प्रहरीको तोडफोड गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।