ताजा अपडेट »

गुल्मीमा पहिलो पटक गुम्बामा गुरुङले मनाए ल्होसार

सोमबार, १६ पुस २०८०, १३ : १७
30 Shares

गुल्मी । आज भन्दा १६ वर्ष अघि हामी गुरुङ समुदायको तमु ल्होसार पर्वको रिपोर्टिङ्ग गर्न पुग्दा हामि सदरमुकाम तम्घासबाट हिडेर पुगेका थियौँ रेसुङ्गा नगरपालिका ६ को गुरुङ्ग गाउँमा । अहिले यसपालिको ल्होसार पर्वमा अधिकांश पिच बाटोमा स्कारपियो गाडिमा पुग्यो। उति बेला ल्हासार पर्व गुम्बा नहुँदा घरको एक छेउमा मनाईएको थियो। अहिले शानदार पक्कि भवनको गुम्बामा मनाईदै रैछ। उति बेला गाउँघरे झ्याउरे गित गाउने नाच्ने गरेर रमाईलो गरिन्थ्यो। अहिले गुरुङ समुदायले आँफैले नौमति बाजा बजाएर नाच्दै रमाइलो गरे।

यसरि पहिलो पटक गुरुङ समुदायलाई पहिलो पटक आफ्नै नौमति बाजा बजाउने अवसर मिलाएको हो, रेसुङा नगरपालिकाले । उसले डेढ लाख बजेट छुट्टाई दिए पछि गत हप्ता बाजा खरिद गरियो र गुरुङ समुदायले गरेको रहिन्छन् र यस पालिको ल्होसार पर्व आफ्नै बाजा बजाएर मनाए । यहाँको गुम्बा भवन निर्माणमा नेकपा माओवादी केन्द्रकी नेतृ तथा लुम्बिनी प्रदेशकी पुर्व सासद गिता थापाले २० लाख बजेट पार्न पहल गरेको सम्मानमा यसपालिको ल्होसार पर्व उनैले उद्घाटन गरिन् ।

प्रमुख अतिथि थापाले यस अघि आफुले यस अघि थोरै मात्र सहयोग गरेको, यस गुम्बालाई पुर्ण रुपमा सम्पन्न गर्न आफुले आगामी दिनमा थप पहल गर्ने प्रतिबद्धता जनाइन्। कार्यक्रममा रेसुङ्गा नगरपालिका कार्यपालिकासदस्य सिता बिश्वकर्मा, वडा सदस्य तथा एमालेबाट वडा प्रतिनिधि रामप्रसाद मरासिनी , नेपाली कांग्रेसका वडा सभापति केशव मरासिनी, माओवादी केन्द्रका प्रतिनिधि चन्द्र कुवँर र गुरुङ समुदायका स्थानीय अगुवा तथा तमु हिउला छजजु गुरुङ राष्ट्रिय परिषद लुम्बिनी प्रदेशको उपाध्यक्ष राजेन्द्र बहादुर गुरुङ्ग्ले शुभकामना मन्तव्य राखेका थिए ।

तमु ल्होसार पर्वमा भगवान बुद्धको मुर्तिमा १०८ वटा दिप प्रज्वलन गरि स्थानीय बयोबृद्ध लोकबहादुर गुरुङले आफ्नो चौरासी पुजाको बृद्धसँग अनुमति माग्दै र सरण पर्दै सुरु गरे । यहि नै चौरासी पुजाको गुरुङ समुदायको विधि रहेको कार्यक्रमको संयोजन गरिरहेका बिष्णु बहादुर कुँवरले जानकारी दिए। चौरासी पुजाको अवसरमा गुरुङलाई आफ्ना छोरी चेलिहरुले खाँदा लगाएर सम्मान गरिरहेका थिए भने बृद्ध गुरुङले दक्षिणा दिई रहेका थिए । कार्यक्रममा गुरुङ समुदायका परम्परागत भेषभुषा सजिएका गुरुङ समुदायले आफ्ना पराम्पारगत परिकारद्वारा अतिथिहरुलाई सात्कार गरेका थिए।

खानपिन सँगै गुरुङ चेलीहरुले नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिई रहेका थिए। प्रदेश उपाध्यक्ष गुरुङका अनुसार लुम्बिनी प्रदेश भित्र करिव ३५ सय घरधुरीगुरुङ समुदाय रहेका छन्। सबै भन्दा बढि रुपन्देहीमा छ्न्। गुल्मी जिल्लामा करिव २ सय घरधुरी छ्न। गुल्मीमा सबै भन्दा बढि संख्या कुर्घाको स्वारा, कालिगण्डकिको धुवाखोला, इस्माको कल्यारा र रेसुङा नगरपालिका त्यसै गुरुङ गाउँमा अलि बढि छन। ल्होसार पर्व गुरुङ समुदायको नयाँ वर्ष र हरेक वर्षको बिरालो वर्ग पार गरि चिल वर्गमा प्रवेश गरेको मानिन्छ।

गुरुङ समुदायको यो पर्व सबै भन्दा ठुलो चाड हो त्यस पछि अर्को ठुलो चाड माघि औँसि मानिन्छ । २५ लाख लागतमा विश्व शान्ति गुम्बा प्रतिष्ठान निर्माण भए र २० लाख बजेट पारेर २०७३ सालदेखि अलपत्र गुम्बा भवन सम्पन्न गरेर आफुहरुको सपना पुरा गराई दिएको भन्दै त्यस गाउँ गुरुङ इकाई समितिका अध्यक्ष तथा कार्यक्रमका अध्यक्षता सुरेन्द्र गुरुङ लगायतका अगुवाहरुले बताए अध्यक्ष गुरुङका अनुसार त्यस गुरुङ गाउँमा ६८ घर धुरि गुरुङ समुदाय बसोबास गर्छन् । जिल्लाको स्वारा, कल्यारा र धुवाखोलाका गुरुङहरुले पनि भब्य रुपमा ल्हासार पर्व मनाएको थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।