ताजा अपडेट »

बालकुमारी घटनाको अनुसन्धान गर्न पौडेलको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन

सोमबार, १६ पुस २०८०, ११ : ०२
22 Shares

काठमाडौं । सरकारले बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय  जाँचबुझ आयोग गठन गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन गरेको हो । पूर्व एआईजी अरुण बिसी र गृहका सहसचिव नारायणप्रसाद भट्टराई आयोगमा सदस्य रहेका छन् ।

आयोगलाई एक महिनाको कार्यादेश दिइएको छ । आयोगको सुझावसहितको प्रतिवेदन बुझाएपछि सरकारले आवश्यक कदम चाल्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।