ताजा अपडेट »

बालकुमारी घटना : प्रहरीले नियन्त्रणमा लिएको सबैलाई छोड्यो

आइतबार, १५ पुस २०८०, १४ : १३
28 Shares

काठमाडौं । बालकुमारी घटनामा प्रहरीले नियन्त्रणमा लिएको सबैलाई छाडेको छ। सो घटनामा पक्राउ परेका ७३ जनालाई छाडिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।​

शुक्रबार इपिएस भाषा परीक्षाको विवादमा चर्किएको प्रदर्शनबाट प्रहरीले ७३ जनालाई नियन्त्रणमा लिएको थियो। घटनामा दुई जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र साह छन्।

कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनमा केही युवाहरूले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा शुक्रवार आगजनी गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।