ताजा अपडेट »

दाङ बस दुर्घटना अपडेटः घाइते सबैको परिचय खुल्यो

आइतबार, १५ पुस २०८०, ११ : ०२
33 Shares

दाङ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर – अमेलिया सडक खण्डको तुलसीपुर १३ भञ्ज्याङमा बस दुर्घटनामा परेको छ । आइतबार बिहान करिब ७ बजेतिर बर्दियाबाट दाङको चखौरा बनभोजको लागि बर्दियाबाट आएको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परि ३५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बर्दियाको बढैयाताल गाउँपालिका ६ मैनापोखरमा रहेको पिपरुवा कृषि कृषक समुह दाङको दंगीशरण गाउँपालिका ३ स्थित थारू सङ्ग्राहालय रहेको चखौरामा बनभोजको लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी घाईते भएकालाई उद्धार गरी तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी जनक बहादुर मल्लले जानकारी दिए । उनीहरूको अहिले अस्पतालमा उपचार भइरहेको छ । बसका ४२ जना सवार रहेका थिए । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए ।

बसको आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकको नालातिर गएकाले पनि मानवीय क्षति हुनबाट जोगिएको हो । बसमा सवारी यात्रु परशुराम चौधरीका अनुसार बस सडकमा एक्कासि पल्टिएर नालातिर गएको थियो । बस दुर्घटना हुने बित्तिकै कम चोट लागेकाहरू बाहिर निस्केर घाइतेहरूलाई बाहिर निकालेको उनको भनाइ छ । उनले बस कसरी दुर्घटना भएको हो रु भन्ने आफूलाई थाहा नभएको समेत बताए ।

यी हुन बस दुर्घटनामा घाइते भएकाहरू
बर्दिया बढैया ताल गाउँपालिका १ बस्ने ३८ वर्षीय विष्णु थारू, वडा नं। ६ मैनापोखर बस्ने ७ वर्षीया निरू थारू ४० वर्षीया ढन्जु चौधरी, बस चालक सोही ठाउँका ४२ वर्षीय शान्तराम थारू, १० वर्षीया कृतिका थारू, ३० वर्षीया अनिता थारू, ५ वर्षीया सिद्धार्थ थारू, ३५ वर्षीया रूपा थारू, १४ वर्षीया सरू थारू, ११ वर्षीया रवि थारू रहेका छन् ।

यस्तै २५ वर्षीया सेराहानी चौधरी, ३५ वर्षीया अष्टोरिया थारू, ४० वर्षीया दानी थारू, ४० वर्षीय धर्म नेपाली, ६ वर्षीया अनुश्का थारू, ३० वर्षीया रिता थारू, ३० वर्षीया हरिकला चौधरी, ४० वर्षीया गीता थारू, ३६ वर्षीय सरोज कुमार थारू, ३५ वर्षीय राजकुमार थारू, ३१ वर्षीया राज कुमारी थारू, २५ वर्षीया सृजना थारू, १७ वर्षीया सर्मिला थारू, ४० वर्षीया थारू, ५६ वर्षीया मोहनी थारू र ३ वर्षीया आरुका थारू रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।