ताजा अपडेट »

पत्रकार मोहन बस्नेतले विवाहको भोजको सट्टा दिए स्वास्थ्य सेवा

शनिबार, १४ पुस २०८०, १८ : ५३
70 Shares

गुल्मी । केहि बर्षयता बिवाह निकै भड्किलो बन्दै गएको छ । ग्रामिण भेगमा समेत शहरिया शैलीको विवाह गरिदा ५ देखि १० लाख सम्म खर्चिएको समेत पाईएको छ । यस्तो अबस्थामा गुल्मीका एक जना पत्रकारले आफ्नो विवाह भोजको खर्च कटौती गरी गाउँवासीलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरेका छन ।

जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँ निवासी पत्रकार तथा देशकै चर्चित युट्युवर मोहन बस्नेतले भड्किलो बिवाहलाई निरुत्साहित गर्न र समाजलाई सकरात्मक संन्देश दिन आफ्नो गाउँमा निशुल्क स्वास्थ्य सेवा प्रदान गरेका हुन् । शनिवार त्यस गाउँको भाडगाउँ माविमा बस्नेतको युट्युव च्यानल नेपाल अपडेट मिडियाद्धारा आयोजित निशुल्क स्वास्थ्य शिविरमा त्यस वडाका मात्र नभई सदरमुकाम तम्घासमा बसोबास गर्ने जिल्लाका विभिन्न गाउँका सयौं मानिसहरुको भिड थियो ।


निशुल्क ईसिजी , रगत परिक्षण र भिडियो एक्सरे र बिशेषज्ञ डाक्टरहरुको सहितको शिविरमा लु्म्बिनी प्रादेशिक अस्पताल बुटवलका स्त्रीरोग बिशेषज्ञ डाक्टर नविन तिरुवा , कन्सल्टेन फिजिसियन डाक्टर शम्भु खनाल , हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टर रमेश अर्याल र टाउको तथा मनोरोग बिशेषज्ञ डाक्टर आशिम रेग्मी सहितका स्वास्थ्यकर्मीहरुले सेवा दिई रहेका थिए ।
बुटवल कै हाम्रो पोलिक्लिनिकको प्राविधिक सहयोगमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा विपन्न वर्गका विरामीहरुले पत्रकार बस्नेत प्रति कृतज्ञ हुँदै खुशीका आशुँ खसाई रहेका थिए ।

शिविरमा उनै बस्नेतले युट्युव मार्फत चर्चामा ल्याएकी अर्जै गाउँकी डल्ली आमा पनि आएकी थिईन । भड्किलो बिबाह बन्दै गईरहेको बेला पत्रकार बस्नेतले सकरात्म सन्देश दिने गरि विवाहको भोजको सट्टा स्वास्थ्य सेवा दिएको प्रति त्यस वडाका वडाध्यक्ष बाबुराम खत्रीले धन्यवाद दिए ।
मंङसिर १३ गते सदरमुकाम तम्घासकी सरु आचार्य संग बुटवलको शिद्धबाबा मंन्दिरमा विवाह गरी भोज–भतेर नगरेका बस्नेतले भड्किलो विवाह होईन , त्यसको सट्टा मानविय सेवा गर्रौं भन्ने उद्देश्य श्यास्थ्य सेवामा लगाएको बताए । उनकी नवदुलही सरु भन्छिन – हामी दुई बिच सल्लाह भयो , भोज भतेरमा लाखौ खर्चेर भन्दा ग्रमिण समाजमा स्वास्थ्य शिवा दिदा आशिवार्द मिल्छ भनेर स्वास्थ्य शिविर राखिएको हो । विवाहलाई खर्चिलो नबनाउँ , विवाहमा खर्चिने पैसाले सामाजिक क्षेत्रमा योगदान गरौं नव बेहुली सरुको सन्देश छ ।

शिविरको अवलोकन गर्न रेसुङ्गा नगरपालिकाकी उपमेयर अमृतादेवि कुवर सहित विभिन्न वडाका जनप्रतिनिधीहरु पुगेका थिए । हामी शिविरमा छउँञ्जेल करिव तिन सय जना सेवाग्राहीको सहभागिता थियो । विवाह अघि पनि बस्नेतले युट्युवको माध्यमद्धारा विरामी र विभिन्न विपदमा परेका मानिसहरुको उद्धार गर्दै आएका छन । उनि देशभरका युट्वर मध्ये उत्कृष्ट युट्युव च्यान सञ्चालकका रुपमा गत बर्ष सम्मानित भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।