ताजा अपडेट »

तिलाेत्तमामा दाेस्राे सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता सुरू

शुक्रबार, १३ पुस २०८०, १५ : २३
32 Shares

बुटवल । स्वर्गीय गंगा गुरूङकाे स्मृतिमा रूपन्देहीको तिलाेत्तमा नगरपालिका १४ मा दाेस्राे सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता सुरू भएकाे छ । नव टिकुलीगढ युवा क्लवकाे अायाेजनामा सुरू भएकाे बिहिबारकाे खेल रेसुंगा एफसी र माछापुच्छ्रे पक्लिहवाबिच भएकाे थियाे ।

साे खेलमा माछापुच्छ्रे एफसी विजयी भएकाे छ । निर्धारित समयकाे खेलमा दुबै समूहबाट कुनै गाेल नभएपछि खेल पेनाल्टी शुट गरिएको थियाे । पेनाल्टी शुट अाउटमा माछापुच्छ्रे एफसीले गाेल गरेकाे हाे । कार्यक्रममा तिलाेत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चाैधरीले खेलाडीलाई बल हस्तान्तरण गर्दै खेलकाे माध्यमबाट अन्तर्राष्ट्रियरूपमा देशलाई चिनाउन खेलाडीहरूकाे धेरै ठूलाे हात रहने बताइन् । उनले खेल स्वास्थ्यका लागि राम्रो भएकाे र यसले मानिसलाई अनुशासित पनि बनाउने बताइन् ।

उनले खेल युवाहरूकाे रूचिकाे विषय भएको बताउँदै हरेक काममा हरेक युवाकाेेे सहभागिता हुनुपर्नेमा जाेड दिइन् । तिलाेत्तमा नगरपालिका कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयाेजक रवि सेञ्चुरीले नगर सदैव युवामैत्री रहेकाे बताएका छन् । क्लवका सल्लाहकार समेत रहेका सेञ्चुरीले युवामैत्री स्थानीय शाशन प्रवर्द्धनका लागि नगर सधै प्रतिबद्ध रहेकाे र आगामी दिनमा पनि क्लबलाई साथसहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा वाड नम्बर १४ का अध्यक्ष अाश्विन पाैडेलले वाडकाे तर्फबाट युवालाई सधै प्राेत्साहन गर्ने बताए ।

स्वर्गीय गंगा देवीको छोरा अन्जु गुरुङ्गले आमाको नाममा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । भाेलि शुक्रबार दुई खेल हुने खेल संयाेजक विनाेद गुरूङले बताए । भाेलिकाे पहिलाे खेल दुई बजेबाट सुरू हुनेछ । शुक्रबारकाे पहिलाे खेल दुई बजे ईसिसि भलबारी र डिवाईसी काेटीमाईबिच हुनेछ । भने दाेस्राे खेल एन एम वाइसी कैलाशनगर र दीप ज्याेती कटैयाबिच ३ बजे हुने खेल संयाेजक गुरूङले जानकारी दिए ।

आजकाे खेलमा आयुष गुरूङ म्यान अफ द म्याच बनेका छन् । साे प्रतियोगितामा प्रथम हुने समूहले रू ४४ हजार ४ सय ४४ ट्रफी र मेडल प्राप्त गर्ने छ भने दाेस्राे हुने समूहले रू २२ हजार २ सय २२ प्राप्त गर्ने छन् । क्लवका अध्यक्ष विजय गुरूङकाे अध्यक्षता रहेकाे कार्यक्रममा शान्ति पुनले स्वागत गरेकी थिइन् । क्लवका सदस्य बुद्धि थापाले कार्यक्रम सञ्चालन गरेकाे क्लवका सदस्य दिपक थापाले बताए । प्रतियोगितामा सर्वाधिक गाेलकर्ता , विधागत उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीलाई जनही रू २५०० प्रदान गरिने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।