ताजा अपडेट »

बालकुमारी आन्दाेलन : प्रहरीको गोली लागेर मृत्यु भएका युवकको परिचय खुल्याे

शुक्रबार, १३ पुस २०८०, १४ : ५४
60 Shares
शुक्रबार, १३ पुस २०८०
60 Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको सरकारी गाडी आगजनी घटनामा प्रहरीको गोली लागि मृत्यु भएका युवकको परिचय खुलेको छ।

मृत्यु हुने करिब २३ वर्षीय सुजन राउत रहेको इमाडोलस्थित किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले जानकारी दिए । ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत् कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । त्यसक्रममा राउतमाथि गोली लागेको हो । उनलाई उपचारका लागि किष्ट अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । 

राउतको छातीमा निलदाम देखिएको पाठकले बताए। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।