ताजा अपडेट »

अपहरणमा संलग्न रहेको अभियोगमा पक्राउ

शुक्रबार, १३ पुस २०८०, १२ : २९
16 Shares

काठमाडौं । दुई वर्षीया बालिकालाई अपहरण गरेको अभियोगमा रामेछाप घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-३ बालकोट पानीटंकी बस्ने ३७ वर्षीय राज नेपाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं गौशालाबाट पुस १० गते ती बालिका अपहरण भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । साथै उक्त कार्यालयबाट खटिएको प्रहरीले जिल्ला प्रहरी परिसर टेकु काठमाडौं र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा भक्तपुर सूर्यबिनायक नगरपालिका-३ बालकोट पानीटंकीबाट ती बालिकालाई सकुशल उद्दार गरी पीडितको परिवारलाई जिम्मा लगाएको छ ।

उनलाई थप अनुसन्धान एवम् कार्वाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।