ताजा अपडेट »

टी- २० सिरिज: न्यूजील्याण्डविरुद्ध बंगलादेश ५ विकेटले विजयी

बुधबार, ११ पुस २०८०, १६ : २८
37 Shares

काठमाडौँ । बंगलादेशले न्यूजील्याण्डविरुद्ध टी- २० खेलमा जित हासिल गरेको छ । जारी टी- २० सिरिजको पहिलो खेलमा बंगलादेशले न्यूजील्याण्डलाई ५ विकेटले पराजित गरेको हो ।

न्यूजील्याण्डले दिएको १३५ रनको लक्ष्य पछाएको बंगलादेशले १८.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बंगलादेशको जितमा लिटन दासले अविजित ४२ रन बनाएका थिए भने सौम्य सरकारले २२ तथा कप्तान नाजमूल होसैन शान्तो र टोवहिद हृदोयले १९-१९ रन बनाएका थिए । यस अघि पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले जेम्स निशामको ४८ रनको मद्धतले २० ओभरमा ९ विकेट गुमाउदै १३४ रन बनाएको थियो ।

यो बंगलादेशको टी-२० क्रिकेटमा न्यूजिल्याण्डकै घरेलु मैदानमा जित हासिल गरेको पहिलो पटक हो । यो जितपछि ३ खेलको सिरिजमा बंगलादेश १-० ले अगाडी भएको छ ।  अब सिरिजको दोस्रो खेल शुक्रबार हुने तालिका रहेको छ ।
   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।