ताजा अपडेट »

फिफाले किन दियो ब्राजिल फुटबल संघलाई निलम्बन गर्ने चेतावनी ?

मंगलबार, १० पुस २०८०, ११ : ४७
22 Shares

काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले ब्राजिल फुटबल संघलाई निलम्बन गर्ने चेतावनी दिएको छ ।ब्राजिलको फुटबल फेडेरेसनलाई अदालतले हस्तक्षेप गरेपछि फिफाले यस्तो चेतावनी दिएको हो । रियो द जेनेरियोको एक अदालतले डिसेम्बर ७ मा ब्राजिल फुटबलका अध्यक्ष एडनाल्डो रोड्रिग्वेजलाई हटाएको थियो । 

यसै प्रसंगमा फिफाले फुटबलमा सरकारी निकायको हस्तक्षेप स्वीकार नगर्ने बताउँदै जनवरीसम्मा पुरानै अवस्थामा नफर्किए राष्ट्रिय टोली र क्लबलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नगराउने चेतावनी दिएको हो । 

फिफाले नयाँ नेतृत्व चयनका लागि हतार नगर्न र पुरानै नेतृत्वलाई कायम गर्न निर्देशन दिएको छ । साथै फिफाले आफ्ना सदस्य संघहरूको काममा सरकार वा तेस्रो पक्षको हस्तक्षेप स्वीकार नगर्ने बताएको छ । फिफाको निर्देशनपछि दक्षिण अमेरिकी फुटबल एसोसियनले यस विषयमा एक कमिटी बनाएर जनवरी ८ मा छलफल गर्ने बताएको छ ।

ब्राजिल फुटबल संघको अध्यक्षको रुपमा रोड्रिग्वेजको २०२६ सम्म कार्यकाल रहेको छ । २०२१ मा तत्कालिन अध्यक्ष रोजेरियो क्याबेक्लो यौन दुराचारको आरोपमा पदबाट हटे पछि तत्कालिन उपाध्यक्ष रहेका रोड्रिग्वेजले कार्यबाहक अध्यक्षको जिम्मेवारी निभाएका थिए भने  २०२२ को मार्चमा अध्यक्षमा निर्वाचित भएका थिए ।   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।