ताजा अपडेट »

प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

सोमबार, ०९ पुस २०८०, १४ : ०१
30 Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालको एक वर्ष पूरा भएको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।