ताजा अपडेट »

प्रधानमन्त्री कप महिला टी- २० मा मधेश प्रदेशको पहिलो जित

सोमबार, ०९ पुस २०८०, १३ : ५६
22 Shares

काठमाडौँ। जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगितामा मधेश प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई २७ रनले पराजित गरेको हो ।

मधेश प्रदेशले दिएको ११३ रनको लक्ष्य पछाएको गण्डकी प्रदेशले १९.४ ओभरमा अल आउट हुदै ८५ रन बनाएपछि मधेश प्रदेश २७ रनले विजयी भएको हो ।यस अघि मधेश प्रदेशले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर ११२ रन बनाएको थियो ।

यो जारी प्रतियोगितामा मधेश प्रदेशको पहिलो जित हो । मधेश प्रदेशको ४ खेलमा २ अंक हासिल गर्दै सातौं स्थानमा रहेको छ । त्यस्तै गण्डकी प्रदेशको भने ४ खेलमा २ अंक रहेको छ र अंकतालिकामा पाँचौं स्थानमा रहेको छ ।

अब मधेश प्रदेशले बुधबार सुदूरपश्चिम प्रदेशसँग खेल्ने छ भने गण्डकी प्रदेशले बुधबार नै कोशी प्रदेशको सामना गर्ने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।