ताजा अपडेट »

सबै उच्च अदालत र इजलासमा स्वचालित पेसी सुरु

आइतबार, ०८ पुस २०८०, १२ : ५४
28 Shares

काठमाडौं । आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली सुरु भएको छ । आइतबारदेखि उच्च अदालतहरूमा स्वचालित पेशी तारेख दिन सुरु गरिएको हो । 

उच्च अदालत पाटनको सभाहलमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो कार्यक्रमको उद्घाटन गरेका हुन्। यसअघि उच्च अदालतमा म्यानुअल रूपमा पेशी तारेख दिने गरिएको थियो । अब स्वचालित रुपमा तारिख दिइन्छ । मुद्दाको प्रकृति र प्राथमिकताका तारिख मिति स्वचालित रुपमा निर्धारण हुन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।