ताजा अपडेट »

अब नयाँ ढंगले केही धक्का दिएर क्रमभंग गर्दैछु : प्रधानमन्त्री प्रचण्ड

शुक्रबार, ०६ पुस २०८०, १३ : ४२
52 Shares
शुक्रबार, ०६ पुस २०८०
52 Shares

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ धक्का दिएर प्रधानमन्त्री बनेको दोस्रो वर्ष सुरू गर्ने बताएका छन्।

    शुक्रबार सुनसरीमा इनरूवा सब-स्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब अर्को क्रमभङ्ग गर्ने तयारीमा रहेको घोषणा गरेका हुन् । ‘तेस्रो पटक प्रधानमन्त्री भएर कार्यकाल सुरु गरेको एक वर्ष पुग्दैछ । अब नयाँ ढंगले केही धक्का दिएर सुरू गर्दैछु, म साँच्चै क्रमभंग गर्दैछु,’ उनले भने।

    उनले नेपालमा धेरै सम्भावनाहरू रहेको पनि बताए । ‘हाम्रो प्रकृति, हाम्रो भूगोल, हाम्रो सम्पदा, हाम्रो जनशक्ति । धेरै चिज गर्न सक्छ’, उनले भने, ‘यो विश्वास जनतामा जगाउनु छ । त्यो विश्वास हामीले एकताको बलमा ।’ प्रचण्डले त्यतिबेला पनि आफूले जनताबाट साथ पाउने विश्वास व्यक्त गरे।  

    ग्लोबल आवाज
    लेखकको बारेमा
    ग्लोबल आवाज
    ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।