ताजा अपडेट »

नेप्से ३५ अंकले बढ्यो, एक वर्षयताकै उच्च कारोबार

बुधबार, ०४ पुस २०८०, १५ : ४४
22 Shares

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३५ अंक बढेको छ । जुन अघिल्लो दिनको तुलनामा १.६८ प्रतिशतले बढेको नेप्से २१४१.८७ बिन्दुमा पुगेको छ । 

यस दिन ७ अर्ब ९५ लाख रुपैयाँको कारोबार छ । जुन विगत एक वर्ष यताकै उच्च कारोबार हो । यसअघि २०७९ पुस २६ गतेको बजारमा ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

अधिकांश कम्पनीको सेयर मूल्य बढेको बजारमा १५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

बैंकिङ ७, विकास बैंक ६, फाइनान्स १३, जलविद्युत् ४५, लगानी ५, जीवन बीमा २३१, उत्पादन ४००, माइक्रोफाइनान्स ३५, अन्य १५ र ब्यापार उपसमूह १७९ अंक बढे भने निर्जीवन बीमा १० र होटल तथा पर्यटन समूह भने ११५ अंक घटेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।