ताजा अपडेट »

कांग्रेसले तेस्रो पटक सार्‍यो महासमिति बैठक

शुक्रबार, २९ मंसिर २०८०, १४ : ३९
48 Shares

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन बैठकले महासमितिको बैठक सार्ने निर्णय गरेको छ। शुक्रवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तेस्रो पटक महासमितिको बैठक सार्दै फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको नेता रमेश लेखकले जानकारी दिए ।  

यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो । तर, सो मितिमा गर्न नसकिने भन्दै सारेर पुस १६ देखि १९ सम्म पुर्‍याएको थियो । फेरि उक्त बैठक राष्ट्रिय सभाको चुनाव र चिसोका कारण सार्ने निर्णय भएको थियो। बैठकमा जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।