ताजा अपडेट »

‘अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशा विषयक’ कस्ताे छ ? (पूर्णपाठ)

बुधबार, २७ मंसिर २०८०, १५ : ०२
40 Shares

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले देशको आर्थिक गतिविधि क्रमश: चलायमान भएको बताएका छन् । बुधबार अर्थमन्त्रालयमामा आयोजित पत्रकार सम्मेलनमा अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे बोल्दै अर्थमन्त्री महतले सेयर बजार र घरजग्गाको कारोबार बढेसँगै आर्थिक गतिविधि चलायमान भएको बताएका हुन् । 

उनले पूँजीगत खर्चतर्फ करिब ६ प्रतिशत वृद्धिदर रहेको जानकारी गराउँदै  भन्सार महसुलतर्फ करिब १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ करिब ७.१९ प्रतिशत, आयकरतर्फ करिब १२ प्रतिशत र समग्र कर राजस्वतर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको उल्लेख गरेका छन् ।

समस्यामा परेका ऋणीहरुलाई कर्जाको पुनर्संरचना गर्ने अवधि २०८० को चैतसम्म दिइएको र यसले व्यवसायीलाई राहत दिने उनको भनाइ छ । सम्झौता बमोजिम काम सम्पन्न भई अर्थ मन्त्रालयमा प्राप्त निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकमको अधिकांश दायित्व व्यवस्थापन गरिसकिएको अर्थमन्त्री महतले बताएका छन् ।

‘अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशा विषयक’ विवरणको पूर्णपाठ-

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।