ताजा अपडेट »

सुनचाँदीको मूल्य घट्दै

बुधबार, २७ मंसिर २०८०, १२ : ४३
26 Shares

काठमाडौं । साताको चौथो दिन सुनचाँदीको कारोबार मूल्यमा गिरावट छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ सस्तिएको छ ।

आज छापावाला सुनको मूल्य १ लाख १६ हजार रुपैयाँ कायम भएको छ। तेजाबी सुन १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलाको १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।