ताजा अपडेट »

नेप्सेमा तेस्रो सर्किट, १११ अंकले बढ्दै बन्द भयो बजार

आइतबार, २४ मंसिर २०८०, १२ : ३१
68 Shares
आइतबार, २४ मंसिर २०८०
68 Shares

काठमाडौं । लगातार ३ पटकसम्म सकारात्मक सर्किट लागेपछि आइतवारका लागि शेयर कारोबार बन्द भएको छ । आइतबार बजार खुलेको एक घण्टामै सेयर बजार बन्द भएको हो । आज नेपाल स्टक एक्सचेञ्ज ६ प्रतिशत अर्थात् १११.२० अंकले घटेर १९६३.९८ अंकमा पुगेर बन्द भएको हो ।

आइतवार कारोबार खुलेको ५ मिनेटमा नै ४ प्रतिशतले बढेपछि २० मिनेटलाई बजार बन्द भएको थियो । कारोबार सुचारु भएलगत्तै अर्को एक प्रतिशत बढेर ५ प्रतिशत पुगेपछि ४० मिनेटलाई बजार बन्द भयो । ४० मिनेटपछि खुलेको बजार फेरि १ प्रतिशतले बढेर ६ प्रतिशत पुगेपछि आइतवारका लागि कारोबार नै बन्द भयो ।

एक घण्टाको अवधिमा २४४ कम्पनीको १३ लाख ६७ हजार ६१५ कित्ता सेयर ७ हजार १४ पटक खरिद बिक्री हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । मौद्रिक नीतिको समीक्षालाई सकारात्मक रूपमा लिँदै बजारमा उछाल आएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।