ताजा अपडेट »

सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो

आइतबार, २४ मंसिर २०८०, ११ : ३९
30 Shares

काठमाडौं ।  नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।