ताजा अपडेट »

नेपालको वर्तमान आर्थिक अवस्था

शनिबार, २३ मंसिर २०८०, ०९ : ५५
62 Shares

नेपाल एक विकासोन्मूख मिश्रित अर्थवस्था अपनाएको, संघीय लोकतान्त्रिक शासन प्रणाली रहेको भूपरिवेष्ठित देश हो । विश्व मानचित्रमा ०.०३ प्रतिशत तथा एसिया महादेशमा ०.३ प्रतिशत भू–भाग ओगटेको छ । नेपाली अर्थतन्त्र विश्व अर्थतन्त्रमा दुई भिमकाय अवस्थामा रुपान्तरित हुँदै गरेका मुलुकको बीचमा रहेको छ । जसबाट नेपालले प्राप्त मात्रामा फाईदा लिन सक्ने सम्भावनालाई नजर अन्दाज गर्न सकिँदैन ।

नेपालले आफूलाई चिन र भारतको आर्थिक विकासको सेतुका रुपमा जति छिटै विकसित गर्न सक्छ त्यति नै छिटो नेपाली अर्थतन्त्रले विकासको फड्को मार्न सक्दछ । नेपालले अहिलेको समयमा हरेक किसिमका राजनैति आन्दोलन तथा कार्यक्रमहरु सफलतका साथ पूरा गरेकोछ यसकारण वर्तमान कार्यदिशा सुशासन सहितको आर्थिक विकास भएकाले अबका १० वर्षमा नेपाल सरकार श्रमिक निर्यात गर्ने देशबाट आयात गर्ने देशमा परिणत हुनेमा विवाद छैन । नेपाल जैविक विविधता, प्राकृतिक सम्पदा, साँस्कृतिक सम्पदा तथा मानवीय शक्तिका दृष्टिकोणबाट विश्वमा धनि मुलुकका रुपमा प्रकट भएता पनि तिनको उचित व्यवस्थापन तथा सदुपयोग गर्न चुक्दा नेपालको परिचय एक गरिब मुलुकका रुपमा, दाताबाट प्राप्त सहयोगका आधारमा दैनिकी चलाउनेका नाममा चित्रित भएको छ ।

वर्तमान समयमा देश सात प्रदेशमा विभाजित भएको छ जसमध्ये आर्थिक रुपमा सबल प्रदेश , प्रदेश नं. ३ रहेको छ भने सबै प्रदेशले सजिलै आर्थिक समृद्धि प्राप्त गर्ने बलीया प्रमाणहरु रहेका छन । सबै प्रदेशले पर्यटनका माध्यबाट अन्य सम्भावनाहरुलाई अगाडि बढाउने बताई रहेका छन् । यसकारण अब नयाँ नेपाल नमुना मुलुकका रुपमा परिचित हुँदैछ । आर्थिक विकासको आधारशिला मानिने समष्टिगत आर्थिक चरहरुको अवस्था सकारात्मक रहेको वर्तमान परिप्रेक्ष्यमा नेपाली अर्थतन्त्रका तिनै चरहरुको व्याख्या आजको लेखमा गर्ने प्रयास परिएको छ :

१. आर्थिक वृद्धिदर : आर्थिक वृद्धिदरको अवस्था हेर्दा नेपालको आर्थिक वृद्धिदर सन् २०१७ मा ८ प्रतिशत हुने अनुमान गरिएको थियो भने ५.५ प्रतिशत मात्र प्राप्त भएको छ जसले नेपाली अर्थतन्त्रमा सुधार गर्नुपर्ने धेरै कुराहरु रहेको बताएकोछ । आसा गरिएको दरमा प्रगती नहुनुका पछाडि मूख्य रुपमा असारले विकास अर्थतन्त्र तथा सोही समयमा राज्यको ध्यान निर्वाचन केन्द्रित हुनु पनि हो । यद्यपी पछिल्लो समयमा आपूर्ती प्रणालीमा आएको सधार तथा उर्जाको उपलब्धता एवम् व्यापारको बिस्तार र निमार्ण कार्यले गति लिन थालेकाले आगामी दिनमा नेपालको आर्थिक वृद्धिदर बढ्नेछ ।

२. प्रतिव्यक्ति आय : प्रतिव्यक्ति आयले देशको आर्थिक विकासको अवस्था कस्तो छ भन्ने कुराको संकेत पनि दिने गर्दछ । सन् २०१७ मा ८६७ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकोमा अहिले १००४ अमेरिकी डलर भएको छ । यसैको आधारमा सन् २०२२ सम्ममा विकासशील मुलुक तथा सन् २०३० सम्ममा मध्यम आय भएको देशमा स्तरोन्त्रती हुनेमा शंका छैन ।

३. मुद्रास्फिती अन्तर : नेपालमा बिगतका वर्षदेखि लगातार मूल्यस्तर बढेको छ । जसले गर्दा स्फितिको अन्तर बढ्दै गएको वर्तमान समयमा उपभोत्ताको मूल्यमा अभाधारित मुद्रास्फिती ३० देखि ४० प्रतिशत रहेको अनुमान छ । यद्यपी पछिल्लो मौद्रक नीतिले १० प्रतिशत मात्र रहेको बताएको छ भने चालु आर्थिक वर्षमा ७ प्रतिशत भन्दा बढी हुन नदिने बताएको छ जसलाई पत्याउने आधार निमार्ण भईसकेको छैन । बस्तु तथा सेवाको मूल्यस्तर २ प्रतिशत भन्दा बढीका दरले लगातार बढ्दै जानुलाई अर्थशास्त्रमा मुद्रास्फिती भनिन्छ ।

४. बेरोजगारीको स्तर : व्यत्ति शारीरिक, मानसिक रुपले वर्तमान ज्यालादरमा काम गर्न योग्य तथा मञ्जुर रहदा पनि काम गर्न नपाएको सक्रिय जनसँख्यालाई नै बेरोजगारी भनिन्छ । नेपालमा यस्तो जनशक्तिको हिस्सा धेरै नै रहेको कुरा सर्वविवित छ । वर्तमान समयमा नेपालको बेरोजगारी दर ३ प्रतिशत रहेको छ । जुन प्रतिशत भारत र चिनको ६.४ प्रतिशत भन्दा कम रहेता पनि आर्थिक विकासको लागी राम्रो पक्ष होईन । हामी कहाँ प्रत्येक वर्ष ४ लाख ५० हजार युवालाई रोजगारीको आवश्यकता पर्दछ । जसमा ३ लाख युवा खाडीको रोजगारीमा , ९ हजार स्वदेशी रोजगारीमा र बाकीँ बेरोजगार भएर बस्नु पर्ने दयनीय अवस्था छ ।

५. गरिबीको स्तर : उपलब्ध आम्दानीबाट दैनिक जीवनका आधारभूत आवश्यकताहरु सजिलै पूरा गर्न सक्ने अवस्थालाई नै गरिबी भनिन्छ । गरिबी मापन गरिने बहुआयामिक सूचकका अनुसार नेपालको गरिबीको दर २८.६ प्रतिशत छ भने तेह्रौ योजनाको प्रगति विवरणका आधारमा २१.६ प्रतिशत जनताहरु गरिबीको रेखामूनी रहेको पाईएको छ । उपभोग खर्चको आधारमा गिनी सूचकांक न्ष्लष् ऋयभाष्अष्भलत शहरी क्षेत्रमा ०.३५३, ग्रामिण क्षेत्रमा ०.३११ र सम्रग नेपालमा ०.३२८ पुगेको छ ।

तीव्र रुपमा भैइरहेको शहरीकरण, वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणमा निरन्तर वृद्दि कृषि ज्यालामा भएको वृद्दि, गैर कृषि क्षेत्रमा सिजना भएका रोजगारीका अवसरले गर्दा गरिबीको दरमा क्रमश कमि आएको छ । पछिल्लो समयमा २०७२ सालको भूकम्पकका कारणबाट २ देखी ३ प्रतिशतका दरले थप गरिबीको सिर्जना भएको अनुमान पनि गरिएका छन् । यसैबिच देशमा शुशासन तथा भ्रष्टाचार सम्बन्धी कडा काननको अभाबमा प्रत्येक वर्ष २० देखी २२ लाख मानिस गरिबीको रेखामूनी बाच्नु पर्ने बाध्यकारी अवस्थाको सिर्जना भएको छ । नवौँ पञ्चवर्षिय योजना देखी गरिबी निवारणलाई योजनाको प्रमुख लक्ष्य मानेर कार्यक्रम सञ्चालन गसिएको भएता पनि बढ्दो राजनैतिक हस्तक्षेपका कारण लक्ष्ति समुदायमा कार्यक्रम नपुगेको तितो सत्य हामी माझ छ जसका कारण पनि गरिबीको दरमा कमी नआएको हो ।

६.मानव विकास :
मानव जीवनमा आएको गुणात्मक सुधार नै मानव विकास हो । अर्थात मानवको शिक्षा, स्वास्थ्य र आयु प्रत्यासामा आएको गुणात्मक सुधारलाई मानव विकास भनिन्छ । जुन देशको सम्रग विकासको लागी अनिवार्य शर्त हो । जसको अभावमा कुनै पनि प्रकारको समृद्दि सम्भव छैन । नेपालको मानव विकास सूचांक ०.५४ रहेको छ । जुन सार्कका अन्य देशको तुलनामा कमी तथा आर्थिक समृद्दिको हिशाबले निकै नाजुक हो । देशमा उपलब्ध शिक्षा, स्वास्थ्य, पोषण , खानेपानी, तथा अन्य आधारभूत आवश्यकताको विद्यमान कारुणिक अवसथाले गर्दा नै हाम्रो मानव विकासको अवस्था कम्मजोर भएको हो ।

७. जनसंख्या वृद्धिदर: नेपालको जनसांख्यिक रेकर्ड राख्ने कार्यको सुरुवात गरेको एक शताब्दी पुरा भईसकेको छ । यसबिचमा धेरै पटक नै जनसंख्या वृद्दि भएको छ । उच्च जनसंख्या वृद्दिदर आर्थिक विकासका लागी बाधकको रुपमा लिईन्छ भन्ने कुरालाई आर्दश जनसंख्या सिद्दान्तले प्रमाणित गरेको छ । वर्तमान समयमा नेपालको जनसंख्या वृद्दिदर जनगणना २०६८ लाई आधार मान्दा १.३५ रहेको छ । जसलाई आगामी दिनहरुमा नियन्त्रण गर्दै लैजानु पर्ने आवश्यकता छ । अन्यथा देशमा आर्थिक सामाजिक अपराधहरु बढ्दै जानेमा कुरामा दुईमत छैन ।

८. यातायात तथा सञ्चारको अवस्था : यातायात तथा सञ्चारका क्षेत्रमा नेपाली अर्थतन्त्रले सकारात्मक रुपमा नै प्रगती हाशिल गरेको छ । वि.स. २००७ सालसम्म नेपालमा ३७६ कि.मि. सडक रहेको थियो र सञ्चारको अवस्था नाजुक थियो भने वर्तमान सयममा २९१५७ कि.मि. सडक निमार्ण भएको छ साथै २६०२९८६ सवारी साधनहरु सरकारी रेकर्डमा रहेका छन् । सञ्चारका क्षेत्रमा पूर्ण सफलता प्राप्त भएको छ , अहिले देशमा ६०० भन्दा बढी एफ.एम. रेडियो , ७५०० भन्दा धेरै पत्रपत्रिका, २५ वटा टेलिभिजन सञ्चालन भएका छन् । ६५ प्रतिशत भन्दा बढी नेपालीहरु इन्टरनेटको पहुचमा पुगेका छन् , प्रत्येक १०० मा ११० मोबाईल सेवा सुविधा पुगेको छ जुन नेपाली अर्थतन्त्रको लागि सकारात्मक पक्ष हो ।

अन्त्यमा नेपाली अर्थतन्त्रले पछिल्लो समयमा गति लिन थालेको छ । जसमा सबै नेपालीहरुले मन, वचन तथा कर्मबाट योगदान गरेमा अबका केही वर्षमा नेपाल साच्चिकै विदेशीहरुका लागी विकासको नमुना देश बन्नेवाला छ । त्यसकारण समृद्द नेपाल निमार्ण गर्ने काम सरकारको हो भनि घर अगाडी फोहोर फाल्ने हाम्रो व्यवहारमा परिवतन ल्याई देशलाई समुन्नतीको बाटोमा हिडाउने कार्यमा सहभागी बनौ । विकासको नारा सुनेर नभई व्यवहारमा उतारेर मरण गर्नुपर्छ नेपाली अर्थतन्त्रमा अनगिन्ती सम्भावना छन् अभाब त केबल हाम्रो चिन्तनमा मात्र हो ।

हुमराज भुसाल
लेखकको बारेमा
हुमराज भुसाल