ताजा अपडेट »

उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य

शुक्रबार, २२ मंसिर २०८०, १४ : ५८
30 Shares

काठमाडौँ । यूएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएको छ ।

आइसिसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४७.२ ओभरमा १ सय ५२ रनमा अल आउट भयो ।

नेपालका उत्तम थापा मगरले ७६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।