ताजा अपडेट »

१०.१० अंकले घट्यो नेप्से

मंगलबार, १९ मंसिर २०८०, १५ : ४७
44 Shares

काठमाडौं । नेप्से परिसूचक निरन्तर सातौँ कारोबार दिन घटेर बन्द भएको छ। मंगलबारको बजारमा पनि सेयर मूल्य मापक नेप्से परिसूचक दोहोरो अंक अर्थात १०.१० अंकले घटेर १८३७.७१ बिन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स २.१४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंक घटेर बन्द भएको छ।

मंगलबार एक अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । ६२ वटा कम्पनीको सेयर मूल्य बढेको बजारमा १६१ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १४ कम्पनीको सेयर मूल्य भने स्थिर देखिएको छ । सिभिल बैंकको ऋणपत्रको मूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।