ताजा अपडेट »

सुनको मूल्य एकैदिन तोलामा २४ सयले घट्यो

मंगलबार, १९ मंसिर २०८०, १२ : १९
38 Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार चार सय रुपैयाँले घटेको हो। 

यस दिन छापावाल सुन तोलाको एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलाको हालसम्मकै उच्च एक लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन पनि १ लाख १८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ। 

चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।