ताजा अपडेट »

नेप्से घट्ने क्रम जारी

सोमबार, १८ मंसिर २०८०, १५ : ५०
126 Shares
सोमबार, १८ मंसिर २०८०
126 Shares

काठमाडौं । गत साताको सोमबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.४२ अंक घटेर १८४७.८१ विन्दुमा झरेको छ।

आइतबारको बजारमा ९६ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो भने सोमबार एक अर्ब १९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा र म्यूचुअल फण्ड समूह बढेको छ । बाँकी समूह भने राताम्मे देखिएका छन् ।

२९२ वटा स्क्रीप्सको कारोबार भएको बजारमा सोनापुर मिनरल एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ७ करोड ४६ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य ५.२० रुपैयाँले बढेर प्रतिकित्ता ३००.२० रुपैयाँ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।