ताजा अपडेट »

बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति

सोमबार, १८ मंसिर २०८०, १५ : ०७
60 Shares
सोमबार, १८ मंसिर २०८०
60 Shares

बुटवल । ईन्द्रज्योती विश्वकर्मा कल्याण समाज बुटवलले सामुदायिक विद्यालयमा अध्ययरत दलित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ। स्वर्गीय ईन्द्रमति विश्वकर्माको तेस्रो पुण्य तिथिको अवसरमा एक समारोहबीच समाजका संरक्षक ज्योतिलाल बिश्वकर्मा, बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवि अर्यालले २२ वटा सामुदायिक विद्यालयमा अध्ययरत ४१ जना दलित बालबालिकाहरुलाई ५ हजार रुपैयाका दरले वितरण गरिएको हो।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवि अर्यालले स्थानिय सरकार सधै सामाजिक संघसंस्थासंग सहकार्य गर्न तयार रहेको बताईन। समुदायमा रहेको धेरै विसंगति र विकृति जरो गाडेर बसेको भन्दै निरन्तर यस्ता विषय उठान गर्न जरुरी रहेको उनले बताईन। बुटवलको समाजसेवी स्वर्गिय ईन्द्रमति विश्वकर्माको स्मृति र श्रीमान ज्योतिलाल बिश्वकर्माको संरक्षकत्वमा संस्था स्थापना गरि सामाजिक हित गर्ने गरि शिक्षाबाट बन्चितमा परेका विपन्न र दलित बालबालिकाहरुलाई शिक्षा र सीप सिकाउन सहयोग गर्ने लक्ष्य रहेको समाजका अध्यक्ष दिपक विश्वकर्माले बताए।

स्याङ्जा कालिगण्डकी गाउँपालिका जन्मथलो भई बुटवल कर्मथलो बनाएर सामाजिक कार्यमा आफुहरु अग्रसर रहेको उनले बताए। गाउँपालिकाको वडा नं ६ मा रहेको ध्रुवज्योति माबिलाई समेत वार्षिक १ लाख रुपैया सहयोग गर्दै आएको उनले बताए। छात्रवृत्ति बितरणको लागि बुटवल उपमहानगरपालिकाको शिक्षा शाखा र वडा कार्यालयबाट तथ्याक संकलन गरिएको उनले बताए।

कार्यक्रममा निमित्त कार्यकारी प्रमुख मित्रमणि खनाल, नेकपा माओबादीका शरद ओली, नयागाउ माबिका शिक्षक रामप्रसाद बन्जाडेले समाजमा भएका छुवाछुत र कुरितिहरु हटाउन शिक्षाको ज्योति नै जरुरी हुने बताए। कार्यक्रममा बुटवल सुनचाँदी ब्यवसायी संघका अध्यक्ष गोकुल बिश्वकर्माले आर्थिक समस्याकै कारण अध्ययन गर्न बन्चित भएकाहरुलाई अक्षर चिनाउने र दक्षता बढाउने गरि अभियानको थालनी गरिएको बताए। कार्यक्रमको संचालन संस्थाका अध्यक्ष दिपक विश्वकर्माले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।