ताजा अपडेट »

राष्ट्र बैंकले गर्याे पुनः १६ अर्ब चार करोड रुपैयाँँको ट्रेजरी आव्हान

आइतबार, १७ मंसिर २०८०, १४ : ३२
29 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १६ अर्ब चार करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने मंसिर १९ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको छ अर्ब चार करोड ५० लाख र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैंयाँ बराबरको रहेको छ । राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः वि.सं २०८० फागुन २२ गते र वि.सं २०८१ जेठ २२ गते तोकिएको छ ।

यि सबै ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतका रहेका छन् । यसअघि यही मंसिर ११ गते पनि राष्ट्र बैकले १७ अर्ब ५० करोड रुपैंयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।