ताजा अपडेट »

अब कम बोल्ने काम बढी गर्छु: देउवा

शनिबार, १६ मंसिर २०८०, १७ : ३३
40 Shares

बुटवल ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब पार्टीलाई बलियो बनाउने बताएका छन् । बुटवलमा आजदेखि सुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले गौतमबद्ध जन्मेको भूमिबाट कांग्रेस बलियो बनाउने विश्वास व्यक्त गरेका हुन् ।

निकै छोटो बोलेका देउवाले भने,  ‘कम बोल्ने काम बढी गर्नेछु ।  बोल्ने भन्दा काम गरेर देखाउनुपर्छ ।’ उद्घाटन समारोहअघि नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेको  थिए । देउवाले आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पारे ।  ‘चन्द्र भण्डारीको भाषण सुनियो। उहाँसँगै काम गर्नेछौँ’, उनले भने । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।