ताजा अपडेट »

हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी

विहीबार, १४ मंसिर २०८०, २० : १९
42 Shares

बुटवल । द ब्रिटिस कलेज काठमाडौँ र बेलायतको व्यवस्थापनमा सञ्चालित नमस्ते एकेडेमी विद्यालय क्षेत्रमा पूर्ण हरियाली ,किचन गार्डेनि र कम्पोस्ट मल उत्पादनमा जुटेको छ । विश्वव्यापी रुपमा देखा परेको जलवायु परिवर्तनको असरबाट वातावरण जोगाउन , ग्लोबल वार्मिनका समस्यासित जुध्न तथा बालबालिकालाई बोट विरुवाको महत्व , लगाउने , हुर्काउने र सिँचाइ विधिका बारेमा जानकारी गराउन सो अभियान संचालन गरिएको विद्यालयका संस्थापक राजेन्द्र कुँवरले बताए।

विद्यालयले विद्यालय परिसरमा फलफूल , औषधी जन्य र हरयिाली पर्वर्तक गरी २५० भन्दा बढी बोटविरुवा रापेको छ भने विद्यार्थीहरुको सहभागितामा किचन गार्डेनको निर्माण गरी ५०० भन्दा बढी गोपी काउली , रायो सागका बिरुवा रोपी उनीहरुबाटै खनजोत ,गोडमेल , सिचाइ र बजार व्यवस्थापनको काम समेत हुने विद्यालयका व्यवस्थापक उमेश कँडेलले बताए।

पूणत विद्यालयका विद्यार्थीको सहभागितामा लगाइएका बोट विरुवा र तरकारीका लागि आवश्यक पर्ने कम्पोस्ट मलको उत्पादन पनि विद्यालयमै गरी हरियााली ,कृषि र बोट विरुवाको महत्व , संरक्षण र हुर्काइको तरिकाको बारेमा सम्पूर्ण विद्यार्थीमा जागरुकता ल्याउन लागिएको प्राचार्य जिग्मे शेर्पाले कार्यक्रमका अवसरमा जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।