ताजा अपडेट »

विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ

विहीबार, १४ मंसिर २०८०, १२ : १३
46 Shares
विहीबार, १४ मंसिर २०८०
46 Shares

दोधारा चाँदनी। इजरायल र आतङ्कवादी समूह हमासबीच युद्धविरामको घोषणा भएपछि उक्त समूहको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको सकुशल रिहाइको आशामा उनका बाआमाको दैनिकी समाचार हेरेरै बितिरहेको छ ।

हमासले पटक–पकट विभिन्न नागरिकलाई रिहा गरे पनि  विपिनको कुनै समाचार नआउँदा उनका बाआमा साह्रै चिन्तित छन्। हिजो गृहजिल्ला पुगेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर विपिनको शीघ्र रिहाइका लागि उनीहरूले आग्रह गरेका छन्। “कतिबेला छोरा सम्पर्कमा आउला भनेर समाचार हेर्दै बसेकी हुन्छु”, आमा पद्माले भनिन्, “समाचार हेर्दै दिन बित्छ ।” 

विपिन गत असोज २० गतेदेखि  सम्पर्कविहीन छन्। उक्त दिन हमासले इजरायलको पश्चिमी भागका किबुचमा अन्धाधुन्ध आक्रमण गरेको थियो। उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

नेपाल सरकारले विपिनको रिहाइका लागि विभिन्न माध्यमबाट कूटनीतिक प्रयास गरिरहेको बताएको छ। विपिनका बुवा महानन्दले सरकारी प्रयास सशक्त नभएको गुनासो गरेका छन्। उनले भने, “सरकारले जोडतोडले पहल गरिदिएको भए मेरो छोरा पनि हिजोअस्ति नै छुट्थ्यो कि जस्तो लाग्छ ।” रासस 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।