ताजा अपडेट »

रास्वपाका सबै सांसद केन्द्रीय सदस्य

बुधबार, १३ मंसिर २०८०, १५ : ४५
80 Shares
बुधबार, १३ मंसिर २०८०
80 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन् । महोत्तरीको जलेश्वरमा आज बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १५ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।

पार्टीका ६ जना सांसद यसअघि नै केन्द्रीय सदस्य थिए । उक्त निर्णयपछि पार्टीमा केन्द्रीय सदस्यको संख्या ५४ पुगेको छ । पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका १५ सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरिएको जानकारी दिए । बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।