ताजा अपडेट »

नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा

बुधबार, १३ मंसिर २०८०, १४ : २५
216 Shares
बुधबार, १३ मंसिर २०८०
216 Shares

काठमाडौँ । नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा गरिएको हो ।आजसम्म राजनीति र राज्यको केन्द्रमा शासकहरु भएको र राजनीतिलाई सत्ता प्राप्तिको रुपमा मात्रै लिइएको भन्दै राजनीतिको केन्द्रमा नागरिकहरुलाई स्थापित गराउनका लागि अभियानको थालनी गरिएको जनाइएको छ ।

कार्यक्रममा बोल्दै नागरिक पहिलो अभियानका अभियन्ता केशव दाहालले आफूहरुको राजनीतिमा नागरिक पहिलो हुनुपर्छ भन्ने सिद्धान्तलाई स्थापित गरेर मात्रै देशको समस्याहरुको समाधान हुने विश्वासका साथ अभियानको घोषणा गरेको बताए। उनले नागरिक केन्द्रीत राज्य, नागरिक केन्द्रीत अर्थ व्यवस्था, नागरिक केन्द्रीत सामाजिकरआर्थिक प्रवन्ध र नागरिक केन्द्रित विदेश सम्बन्ध अभियानको केन्द्रीय दृष्टिबिन्दु भएको स्पष्ट पारे ।

अभियन्ता दाहालले वर्तमान राजनीतिक संकट समाधानका लागि राजनीतिक पुनःगठन आवश्यक रहेको उल्लेख गर्दै राजनीति, विचार, संरचना, एजेण्डा र राजनीतिक संस्कृतिहरुको पुनःगठनमा नागरिक पहिलो भन्ने अवधारणा स्थापित हुनुपर्ने बताए। अभियन्ता दाहालले सो अभियान एक स्वतन्त्र नागरिक अभियान भएको बताए । अभियानले अभियानमा सामेल भई देशको सार्वभौमसत्ताको रक्षा, सुशासन, समावेशिता, सामाजिक न्याय, आर्थिक विकास, समृद्धि र सहभागितामूलक लोकतन्त्रलाई संस्थागत गर्ने अभियानमा योगदान गर्न सबैमा अपील गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।