ताजा अपडेट »

बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ

मंगलबार, १२ मंसिर २०८०, १६ : २०
76 Shares
मंगलबार, १२ मंसिर २०८०
76 Shares

कास्की। पोखरा महानगरपालिका-३२ मजुवाबाट बिल नभएको सुन जस्तो देखिने करिब ४ तोला बराबरको पहेँलो धातुसहित तनहुँ भिमाद नगरपालिका-६ शिव सुन चाँदी पसलमा काम गर्ने भारत घर भएका २६ वर्षीय शुशान्त आर्यालाई प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले ग.१ ख ३८१९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई प्लास्टिकको बट्टाभित्र लुकाई छिपाई ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।